IME Life New

भारतमा छिट्टै एउटै पोलिसीमा जीवन, स्वास्थ्य र सम्पत्ति बीमा, सेलटमेन्ट भने छुट्टाछुट्टै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा चाँडै नै एउटै पोलिसीमा धेरै प्रकारका बीमाको फाइदा उपलब्ध हुनेछन्। यसलाई ‘बीमा विस्तार’ नाम दिन सकिने बताइएको छ।

यो एकल बीमा पोलिसीमा जीवन, स्वास्थ्य, सम्पत्ति र व्यक्तिगत दुर्घटना कभर उपलब्ध हुनेछ। परिवार फ्लोटर अर्थात् परिवारका सबै सदस्यहरुले एउटै पोलिसीमा बीमा कभरको लाभ पनि पाउनेछन्। बीमा नियामक आईआरडीएआईले भर्खरै हैदराबादका बीमा कम्पनीहरुसँग यो पोलिसीबारे छलफल गरेको छ। यसको प्रिमियम प्रतिपोलिसी करिब भारु १ हजार ५०० तोक्न सकिने बताइएको छ। यस ‘बीमा विस्तार’ पोलिसीको उद्देश्य गाउँलगायत देशका अधिकतम जनसंख्यालाई बीमा उपलब्ध गराउनु रहेको छ।

Esewa
Crest

हैदरावादमा आईआरडीए प्रमुख देवाशिष पाण्डाको अध्यक्षतामा भएको बैठकमा ‘बीमा विस्तार’ को विवरण राखिएको थियो। जीवन, सम्पत्ति र व्यक्तिगत दुर्घटनाको हकमा भारु २ लाखको बीमा सुविधा उपलब्ध हुनेछ। ‘हस्पिटल क्यास’को नाममा स्वास्थ्य कभर पनि हुनेछ। यसमा कागजात पेस नगरी १० दिनसम्म अधिकतम भारु ५ हजारसम्मको बिलको नगदरहित भुक्तानी दाबी गर्न सकिनेछ । लाइफ कभरको प्रिमियम लगभग भारु ८०० हुन सक्छ। साथै, स्वास्थ्य कभर भारु ५०० र व्यक्तिगत दुर्घटना कभर भारु १०० को प्रिमियममा उपलब्ध हुनेछ। सम्पत्ति कभरको प्रिमियम भारु १०० भन्दा कम राख्न सकिन्छ।

बीमा विस्तार पोलिसीमा विभिन्न खण्डहरुका लागि दाबी सुल्झाउने विधि फरक हुन सक्छ, जुन बीमा कम्पनीहरुले निर्णय गर्नेछ। यो पोलिसी बेच्ने एजेन्टहरुलाई १० प्रतिशत कमिसन दिइनेछ।

आईआरडीएआईले बीमा सुगम, बीमा विस्तार र बीमा वाहकका रुपमा बीमा ट्रिनिटी सुरु गर्नका लागि लामो समय देखि तयारी गर्दैछ। डिजिटल प्लेटफर्म ‘बीमा सुगम’ लाई गत महिना आईआरडीएआईले अनुमोदन गरेको थियो। यसले सबै प्रकारका बीमा पोलिसीको खरिद, बिक्री र दाबीहरु समाधान गर्न अनलाइन बीमा बजारका रुपमा काम गर्नेछ। कुनै पनि शुल्क नतिरी बीमाकर्ताले यसमा आफ्ना सबै पोलिसीको विवरण जाँच गर्न सक्नेछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS