IME Life New

भारतमा किसानका लागि बाली बीमा र रासायनिक मलको अनुदान बजेट बढाइयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतको केन्द्रिय सरकारले किसानको लागि बाली बीमा र रासायनिक मलमा अनुदानको बजेटमा उल्लेख्य वृद्धि गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार नयाँ वर्षको पहिलो दिन सरकारको पहिलो निर्णय किसानप्रति समर्पित भएकाे घोषणा गर्दै मन्त्रिपरिषद्ले बाली बीमा योजनाको अनुदान बजेट र रासायनिक मलमा अनुदान रकम बढाएको जानकारी गराए।

Esewa
Crest

डाइ-अमोनियम फस्फेट (डिएपि) मलमा एक पटकको विशेष प्याकेज विस्तार गर्ने मन्त्रिपरिषद्को निर्णयले किसानलाई सुपथ मूल्यमा मल खरिद गर्न सुविधा हुनेछ।ु

भारतीय मन्त्रिपरिषद्ले २०२१-२२ देखि २०२५-२६ को लागि ६९,५१५.७१ करोड भारतीय रुपैयाँको समग्र परिव्ययको साथ ‘प्रधानमन्त्री फसल बीमा योजना’ र पुनर्संरचित मौसममा आधारित बाली बीमा योजनालाई २०२५-२६ सम्म निरन्तरता दिन अनुमोदन गरेको छ। यो निर्णयले २०२५-२६ सम्म किसानका लागि रोकथाम गर्न नसकिने प्राकृतिक प्रकोपबाट हुने बालीहरूको जोखिम बहनमामा मद्दत गर्नेछ।

किसानलाई सुपथ मूल्यमा डीएपीको दिगो उपलब्धता सुनिश्चित गर्न बुधबारदेखि अर्को आदेश नभएसम्मको अवधिको लागि प्रति मेट्रिक टन ३,५०० भारतीय रुपैयाँमा एनबीएस अनुदानभन्दा बाहिर डीएपीमा एक पटकको विशेष प्याकेज विस्तार गर्ने मल विभागको प्रस्तावलाई पनि यसले अनुमोदन गरेको छ। यसको लागि अस्थायी बजेट आवश्यकता लगभग ३,८५० करोड भारू सम्म हुनेछ, विज्ञप्तिमा भनिएको छ।

केन्द्र सरकारको निर्णयले किसानको उत्पादन लागत कटाैती गर्न सघाउनेछ। यसले उत्पादन वृद्धिमा प्रोत्साहनसँगै भारतीय बजारमा कृषी उपजको मूल्य अझै सस्तो हुनेछ। भारतीय कृषी उपज सस्तो हुँदा नेपाली किसानलाइ अप्रत्यक्ष प्रभाव परेपनि सस्तो भारतीय कृषी उत्पादनबाट नेपाली उपभोक्ता लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS