IME Life New

भारतमा करोड रुपैयाँ भन्दा बढी बीमा दाबी ठगीमा ट्राफिक प्रहरी मुख्य नाइके

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।दक्षिण भारतको तिरुवनन्तपुरम शहरमा ठूलो मात्रामा बीमा ठगी योजना चलाउने गिरोहमा ट्राफिक प्रहरीको सहायक निरिक्षक समेत स‍ंलग्न रहेको तथ्य प्रकाशमा आएको छ। स्थानीय शिक्षण अस्पतालले नक्कली स्वास्थ्य परिक्षण र उपचार प्रतिवेदन तयार पारेर ठगी भई रहेको सूचना दिएपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा वर्षौंदेखि ट्राफिक प्रहरी सहित पाँचजनाको स‌ंलग्नतामा बीमा दाबीमा ठगी हुँदै आएको खुलेको हो ।

मेडिकल कलेज अस्पतालबाट बीमा कम्पनीले बीमा दाबी आवेदनसँगै पेश गरेको मेडिकल सर्टिफिकेटको प्रमाणिकरण गर्ने क्रममा ठगी प्रकरण सार्वजनिक भएको हो । अस्पतालको नामबाट तयार पारिएका उपचार प्रतिवेदन,कागजप्रमाणहरूमा उल्लेख गरिएका कुनै पनि बीमित दुर्घटनामा परेर अस्पतालमा उपचारका लागि नआएको र मेडिकल सर्टिफिकेटमा आईपी नम्बरहरू अन्य रोगका बिरामीको पहिचान नम्बरहरु प्रयोग गरिएको फेला परेको हो ।

Esewa
Crest

“सामान्यतया, बीमा कम्पनीहरुले मेडिकल रेकर्ड र  प्रहरी कार्यालयबाट प्राप्त प्राथमिक अपराध सूचनाको प्रमाणलाई पुनःपुष्टी गराउँदैनन् । तर सूचनाको हक अन्तर्गत प्रश्न दर्ता गर्दा ठगी प्रकरणबारे तथ्य सार्वजनिक भएको हो । ठगीको शिकार भएको एक बीमा कम्पनीले उजुरी दिएपछि मेडिकल कलेज प्रहरीले आईपीसीको धारा ४६५ किर्ते, ४६८ ठगी गरेको अभियोगमा, ४७१ नक्कली कागजात बनाएर जालसाजी गरेको र ३४ वटाभन्दा बढी अपराध गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

यो ठगी तिरुवनन्तपुरम शहरमा सञ्चालित तीन ठूला बीमा कम्पनीसँग भएको बताइएको छ ।मुद्दामा पहिलो आरोपी ट्राफिक एसआई सनल कुमार र अन्य अभियुक्त सन्ध्या, सजित, मनेश र विष्णु के नम्बुथिरी हुन्। पछिल्ला दुई वर्षमा पटक पटक भएकाले अपराधमा ट्राफिक प्रहरीको भूमिकालाई लापरवाही मात्र मान्न नसकिने अनुसन्धानमा स‌ंलग्न सुरक्षा अधिकारीले बताएको टाइम्स अफ इण्डियाको अनलाइन संस्करणमा उल्लेख गरिएको छ।

प्रहरीका अनुसार पटक पटक नक्कली प्रहरी प्रतिवेदन र स्वास्थ्य उपचार प्रतिवेदनका आधारमा ठगी गरिएकाले ठगी रकमको आकार १ करोड रुपैयाँभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ। प्रहरी अधिकारीहरुले अहिले अनुसन्धानको प्रारम्भिक चरणमै भएकाले ठगीको विषयमा अन्य बीमा कम्पनीहरुबाट जानकारी आएपछि मात्र ठगी भएको रकम यकीन गर्न सकिनेछ।

यस्तो थियो प्रकाशमा आएको कथित दुर्घटनाः

प्रहरीका अनुसार गिरोहले बनाएको एउटा ‘नक्कली सडक दुर्घटना’मा चौथो आरोपी मनेशको स्वामित्वमा रहेको मोटरसाइकलको प्रयोग गरेको थियो । मोटरसाइकल चालक यो कथित सडक दुर्घटना जुन ९, २०१८ मा भएको उल्लेख गर्दै प्रहरीको दुर्घटना प्रतिवेदन र उपचारको कागज बीमा दाबीका लागि पेश गरिएका थिए । पछाडी सिटमा सजित भन्ने व्यक्तिलाई राखेर विष्णुले मोटरसाइकल गुडाउँदै गर्दा आरोपीमध्येकी एक सन्ध्यालाई ठक्कर दिएको र दुर्घटना भएको व्यहोरा खुलाएर महानगरिय ट्राफिक महाशाखाका प्रहरी सहायक निरिक्षक सनल कुमारले एफआईआर(प्रथम् दृष्टी सूचना) दर्ता गरेका थिए। कथित दुर्घटनामा परेर घाइते भएकाहरूको उपचारका लागि मेडिकल कलेज अस्पतालको उपचारका नक्कली कागजपत्र तयार पारेर बीमा कम्पनी समक्ष पेश गरिएका थिए । पछि ती सबै कागज प्रमाणहरु बीमा कम्पनीले दाबी अनुसन्धानका क्रममा सम्बन्धित अस्पतालसँग पुनःपुष्टीका लागि अनुरोध गरेपछि कागज प्रमाणहरु फर्जी भएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS