IME Life New

भारतमा आईआरडीएआईको ठूलो पहलः के हो बीमा ‘सुगम’, ‘वाहक’ र ‘विस्तार’ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी रुपमा पछिल्लो समय बीमा बजार निकै द्रुतगतिले अगाडि बढिरहेको छ। कोभिड–१९ पछि बीमाको महत्व मानिसहरुले बुझ्न थालेका छन्। छिमेकी मुलुक भारतमा पनि पछिल्लो केही समययता जनतामाझ बीमाको पहुँच पुर्याउन विभिन्न पहल थालिएको छ।

बीमा नियामक निकाय आईआरडीएआईका अनुसार भारतमा बीमाको विस्तार लगातार बढिरहेको छ। वर्ष २०१९।२० मा बीमा विस्तार ४.२० प्रतिशतले बढेकोमा वर्ष २०२०।२१ मा यो बढोत्तरी ११.७० प्रतिशतसम्म पुगेको देखिन्छ। ‘सबैका लागि बीमा’को उद्देश्य हासिल गर्न यस वृद्धिलाई थप प्रवर्द्धन गर्न आईआरडीएआई विगत केही वर्षदेखि निकै सक्रिय भएर लागेको छ।

Esewa
Crest

बीमा विस्तारलाई बढावा दिन भारतमा ‘बीमा सुगम’, ‘बीमा वाहक’ र ‘बीमा विस्तार’ जस्ता पहल थालिएका छन्। यसले बीमाको दायरा बढाउनुका साथै सर्वसाधारणले सहज ढंगले बीमा सेवा लिन सक्ने वातावरण सिर्जना गर्ने आईआरडीएआईको दाबी छ।

बीमा सुगम के हो ?

बीमासम्बन्धी समस्याको सामना गर्नुपरेको छ वा कयौँ पटक बीमा पोलिसी किन्नेदेखि दाबी सेटलमेन्टसम्मका प्रश्न छन् ? अब तपाइँको काम सजिलो हुनेछ। बीमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई)ले बीमा सुगम नामक बीमा विनिमय प्लेटफर्मलाई अनुमति दिएको छ। यो बीमा सुगम वन स्टप प्लेटफर्म हो। यसको मद्दतले बीमासँग सम्बन्धित सबै कार्य जस्तै पोलिसी खरिद गर्ने, बीमाका लागि प्रिमियम क्याल्कुलेटर प्रयोग गर्ने, बीमा दाबीहरुको सुल्झाउने कार्यहरु सहज बनाउन सकिन्छ। साथै, बीमितले यस प्लेटफर्ममा धेरै बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। यसमा बीमा पोलिसी खरिद, दाबी भुक्तानी, एजेन्ट पोर्टेबिलिटीका साथै पॉलिसी पोर्टेबिलिटीको सुविधा पनि हुनेछ।
बीमा सुगममा प्रत्येक बीमितसँग डिम्याट ढाँचामा ई–बीमा खाताको सुविधा हुनेछ। यो सुरक्षा दृष्टिकोणबाट राम्रो हुनेछ। यसमा बीमितंले पोलिसीको भौतिक कागजात सुरक्षित राख्न आवश्यक पर्दैन। साथै, नवीकरणका लागि कागजी कार्यको आवश्यकता पर्दैन।
बीमित र उसको परिवार बीमा पोलिसीहरु एउटै ठाउँमा पहुँचयोग्य हुनेछन्। सबै जानकारी एकै ठाउँमा उपलब्ध हुनाले मनोनयनकर्ता/लाभार्थीका लागि दाबी भुक्तानी पनि सहज हुनेछ। यसले धोकाधडी रोक्न सक्छ।

बीमा वाहक के हो ?

बीमा वाहक आईआरडीएआईको अर्को पहल हो। जसले अन्तिम माइलसम्म पुग्न मद्दत गर्नेछ। प्रत्येक ग्राम पञ्चायतमा एक ’बीमा वाहक’ हुनेछ। जसलाई साधारण प्यारामेट्रिक बन्डल गरिएको बीमा प्रडक्ट बिक्री र सेवा गर्ने जिम्मेवारी दिइनेछ। बीमा वाहकले महिला केन्द्रित बीमा वितरण च्यानल खोल्ने योजना बनाएको छ। यस पहलले भारतको ग्रामीण क्षेत्रहरुमा बीमा प्रडक्टहरुका बारेमा अझ बढी विश्वास बढाउने र चेतना जगाउने सम्भावना छ।

बीम विस्तार के हो ?

अप्रयुक्त भौगोलिक क्षेत्रलाई लक्षित गर्दै ल्याइएको सोसल सेफ्टी नेट प्रडक्ट नै ‘बीमा विस्तार’ हो। यसलाई ‘बीमा सुगम’सँगै लन्च गरिनेछ। बीमा विस्तारले बाढी, भूकम्पजस्ता प्राकृतिक प्रकोपको अवस्थामा ग्रामीण जनताका लागि किफायती, पहुँचयोग्य र व्यापक बीमा कभर गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS