IME Life New

भारतमा अझै पनि ९५ प्रतिशत जनसंख्या बीमाको दायराभन्दा बाहिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०४७ सम्ममा सबैका लागि बीमा भन्ने रणनीतिक अभियानको घोषणा गरेको दक्षिण एशियाली मुलुक भारतमा कूल जनसंख्याको जम्मा ५ प्रतिशत बीमाको सुरक्षा दायराभित्र समेटिएका छन् । राष्ट्रिय बीमा प्रतिष्ठानले गत बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ९५ प्रतिशत जनसंख्या अझै पनि बीमाको पहुँच भन्दा बाहिर रहेको तथ्य सार्वजनिक गरिएको छ।

भारतीय बीमा नियामक तथा विकास प्राधिकरणका अध्यक्ष देवाशिष पाण्डाले एक औपचारिक कार्यक्रमका बीच प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै  उनले भारतमा यूपीआई, बैंक खाता खोल्ने अभियान र मोबाइलको प्रयोग बढाउन उपयोग गरिएको जस्तै रणनीति अनुकरण गर्न बीमकलाई अनुरोध गरे । उनले भने, उच्च जोखिममा रहेको व्यक्तिहरूलाई कम्तीमा प्राकृतिक विपत्ती बीमाको दायरामा अनिवार्य समेटिनुपर्छ भन्ने यो प्रतिवेदनमा सिफारिस गरिएको छ।

Esewa
Crest

भारतको कूल १ अर्ब ४४ करोड जनसंख्या मध्ये ९५ प्रतिशत अझै पनि बीमाको सुरक्षा कवचभन्दा बाहिर रहेको छ। जलवायू परिवर्तनसँगै आउने प्राकृतिक  विपत्तीहरुको संख्यामा वृद्धि हुने संभावनालाई मध्यनजर गर्दै बीमा प्रसार महत्वपूर्ण भएकोमा प्रतिवेदनमा जोड दिइएको छ।

प्रतिवेदनमा भनिएको छ, निम्न र मध्यम आय वर्ग ८४ प्रतिशत सर्वसाधारण, दोश्रो र तेश्रो श्रेणीको राज्यको ७७ प्रतिशत सर्वसाधारणसँग बीमा लाभबाट वञ्चित छन् । प्रतिवेदनका अनुसार कूल जनसंख्याको ७३ प्रतिशत अझै पनि सरकारी स्वास्थ्य बीमा कार्यक्रमक सुरक्षा दायराभन्दा बाहिरै छ। यो तथ्यले बीमाको प्रसारका लागि सरकार, गैर सरकारी संगठन र सार्वजनिक संस्थाबीच बढ्दो सहकार्यलाई जोड दिएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS