IME Life New

भारतको स्वास्थ्य बीमामा ल्याइयो थुप्रै सहज नियम, सबैतिर क्यासलेस क्लेम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा सबैको पहुँचमा पुग्ने गरी भारतमा थुप्रै नियम परिवर्तन गरिएका छन्। पछिल्लो समय भारतमा स्वास्थ्य बीमामा धेरै परिवर्तन भएका छन्।

भारतको बीमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई) ले स्वास्थ्य बीमा दाबीहरुमा धेरै नियमहरुमा परिवर्तन गरेको छ। अब बीमितले अस्पताललाई पैसा तिर्नुपर्दैन। बीमाकर्ताबाट तुरुन्तै चिकित्सा शुल्कहरु बीमितले दाबी गर्न सक्छन्। जबकि पहिले बीमितले आफ्नो खल्तीबाट तिर्नुपर्थ्यो र त्यसपछि डिस्चार्जपछि दाबी गर्नुपर्थ्यो।

Esewa
Crest

बीमाकर्ताले डिस्चार्जको समयमा अस्पतालबाट प्राप्त गरेको ३ घन्टाभित्र दाबी भुक्तानी गर्नुपर्छ। भर्नाको समयमा नगदरहित दाबी समाधान गर्न १ घन्टाको समय छ।

यसैगरी भारतमा यदि बीमितले बीमा लिँदा कुनै विशेष स्वास्थ्य अवस्था वा रोग घोषणा गरेका थिए भने त्यो अवस्थाका लागि बीमा दाबी गर्न ४ वर्ष कुर्नुपर्ने हुन्थ्यो थियो। तर, अहिले प्रतीक्षा अवधि ३ वर्षमा झारिएको छ।

आयुर्वेद, योग, युनानी, सिद्ध र होमियोप्याथीसहित आयुष उपचारहरु अब आईआरडीएआईद्वारा मान्यता प्राप्त छन् र यदि बीमितले निर्दिष्ट सर्तहरु पूरा गरेमा आयुष उपचारका लागि दाबीहरु अस्वीकार हुने छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS