IME Life New

भारतको सबैभन्दा मूल्यवान अटो कम्पनी बन्यो टाटा मोटर्स, विश्वमा नम्बर १ कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टाटा मोटर्स बजार पुँजीकरणको हिसाबले भातरको सबैभन्दा मूल्यवान अटो कम्पनी बनेको छ।

भारतको सबैभन्दा ठूलो अटो कम्पनी मारुती सुजुकी इन्डियालाई पछि गर्दै टाटाले यो उपलब्धि हासिल गरेको हो। मंगलबार टाटा मोटर्सको बजार पुँजीकरण भारु २ लाख ८५ हजार करोड पुगेको छ भने टाटा मोटर्स लिमिटेड–डीभीआरको बजार पुँजीकरण भारु २९ हजार ११९ करोड रहेको छ। समग्रमा टाटाको बजार पुँजीकरण भारु ३ लाख १४ हजार करोड पुगेको छ। मारुतीको बजार पुँजीकरण भारु ३ लाख १३ हजार करोड रहेको छ।

Esewa
Crest

पछिल्ला त्रैमासमा टाटा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ। एसयूभी सेग्मेन्टमा बलियो व्यापारका कारण कम्पनीको नाफामा सुधार आएको हो।

टाटा मोटर्सले आर्थिक वर्ष २०१९ देखि २०२२ सम्म घाटा व्यहोरेको थियो। तर, टाटा मोटर्सले पनि भारतमा विद्युतीय सवारीको द्रुत वृद्धि भएको बजारबाट फाइदा उठाएको छ। वर्ष २०२३ मा कम्पनी नाफामा रह्यो।

अर्कोतर्फ मारुतीले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गरेको छैन। तर, कम्पनीका पेट्रोल एसयूभी र महँगो कारले राम्रो प्रदर्शन गरेका छन्। बजार पुँजीकरणको हिसाबले टाटा मोटर्स र मारुती पछि बजाज अटो तेस्रो (भारु २.१ लाख करोड), महिन्द्रा चौथो (भारु २ लाख करोड), आइशर पाँचौँ (भारु १ लाख करोड), टीभीएस (भारु ९३ हजार करोड) छैटौँ, हिरो मोटो कर्प (भारु ९२ हजार करोड) सातौँ स्थानमा र अशोक लेल्यान्ड (भारु ५० हजार करोड) आठौँ स्थानमा छ।

विश्वको सबैभन्दा मूल्यवान कार कम्पनी एलन मस्कको टेस्ला हो। यो विद्युतीय सवारी उत्पादक कम्पनीको बजारपुँजी ६१०.१७ अर्ब डलर छ। यो कम्पनी विश्वको सबैभन्दा मूल्यवान कम्पनीहरुको सूचीमा १० औँ स्थानमा रहेको छ। यो सूचीमा माइक्रोसफ्ट (३.०३६ ट्रिलियन डलर) पहिलो, एप्पल (२.९०७ ट्रिलियन डलर) दोस्रो, र साउदी अरामको (२.०२० ट्रिलियन डलर) तेस्रो स्थानमा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS