IME Life New

भारतको प्रसिद्ध सरोवर होटल्स एण्ड रिसोर्टले भैरहवामा बुटिक होटलको व्यवस्थापन सम्हाल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा मुख्यालय रहेको होटल चेन नेटवर्क सरोवर होटल्स एण्ड रिसोर्ट्सले बुद्धभूमी भैरहवामा गोल्डेन ट्युलिप ब्राण्ड अन्तर्गत होटल सञ्चालनका लागि व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । भैरहवामा अवस्थित सन्निभा इन बुटिक होटल एण्ड स्पासँग सरोवर होटल्सले ब्राण्ड र व्यवस्थापकीय साझेदारीको सम्झाैता गरेको हो ।

यो सँगै गोल्डेन टुलिप भैरहवा सरोवर होटल्स एण्ड रिसोर्ट्स अन्तर्गत नेपालको पहिलो र गोल्डेन ट्युलिप होटल श्रृ‌ंखला अन्तर्गतको १२ औं गोल्डेन ट्युलिप होटल बन्ने भएको छ । आगामी चैत महिनादेखि सञ्चालनमा ल्याउन लागिएको यो होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोमिटर र लुम्बिनीबाट ३० मिनेटको दूरीमा अवस्थित छ।

Esewa
Crest

होटलमा समकालीन सौन्दर्यशास्त्रका साथ डिजाइन गरिएका ५२ वटा सुविधासम्पन्न शयन कक्षहरु छन् । साथै दुई रेस्टुरेन्टमा शहरको समृद्ध पाककलाको साथै रूफटप बार, र स्विमिङ पुलको सुविधा समेत उपलब्ध हुनेछ। होटलले अत्याधुनिक फिटनेस सेन्टर, स्पा, र सुविधा सम्पन्न बैठक कक्ष र कार्यक्रमको सुविधा पनि प्रदान गर्नेछ ।  होटलले भविष्यमा मनोरञ्जन केन्द्र र क्यासिनो जुवा घर समेत सञ्चालनमा ल्याउने योजना छ।

यसै साता भएको सम्झाैता पत्र हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सरोवर होटल्स एण्ड रिसोर्ट्सका प्रबन्ध निर्देशक अजय के बकायाले भने, “गोल्डेन ट्युलिप भैरहवाको साझेदार हाम्रो विकास रणनीति र अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने हाम्रो रणनीति अन्तर्गत हो । नेपालको प्राकृतिक सौन्दर्य, परम्परागत खाना र संस्कृतिको अनुभव गर्न तत्पर रहेका यात्रीहरूको मनोकाञ्छा पुरा गर्न स्थापित ब्राण्डकालागि यो क्षेत्रमा ठूलो माग र अवसर उपलब्ध हुने हामीले अनुमान गरेका छौं। हाम्रो होटलहरूको पोर्टफोलियोबाट विश्व-स्तरीय ब्रान्ड ल्याउन सन्निभा इन बुटिक होटल एण्ड स्पासँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं।”

सन्निभा इन बुटिक होटेल एण्ड स्पाका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार केसी वर्माले भने, “विश्वव्यापी प्रख्यात होटेल ब्रान्ड खोल्न सरोवर होटल्स एण्ड रिसोर्ट्ससँगको साझेदारी नेपालमा आतिथ्यता परिदृश्यलाई पुन: परिभाषित गर्ने हाम्रो लक्ष्य हासिल गर्नको लागि महत्त्वपूर्ण कदम हो। हामी विश्वस्त छौं कि हाम्रो देशका आगन्तुकहरूले विश्व-प्रसिद्ध भारतीय आतिथ्य मापदण्डको साथ विश्व-स्तरीय ब्रान्डको अनुभव र आनन्द लिनेछन्।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS