IME Life New

भारतको गजुराजमा टेस्लाको बन्ने भयो पहिलो प्लान्ट, छिट्टै हुन सक्छ घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा टेस्लाको प्रवेश छिट्टै हुन सक्छ। टेस्लाले आफ्नो पहिलो प्लान्ट भारतमा अर्को वर्ष जनवरीमा मात्र स्थापना गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छ्न।

टेस्ला विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक गाडी निर्माता कमपनी हो। गान्धीनगरमा आयोजित भाइब्रन्ट गुजरात शिखर सम्मेलन २०२४ मा टेस्लाले भारतमा विद्युतीय गाडी उतपादन गर्ने घोषणा गर्न सक्छ। टेस्लाका मालिक एलन मस्क स्वयं शिखर सम्मेलन उपस्थित हुन सक्ने अनुमान गरिएको छ।

Esewa
Crest

टेस्लाले आफ्नो उत्पादन प्लान्ट स्थापना गर्नका लागि भारतको गुजरात सरकारसँग वार्ता गरिरहेको छ। टेस्लाको कारखाना गुजरातको सानन्दमा स्थापना हुने सम्भावना छ।

टेस्लाको प्लान्ट स्थापना गर्ने स्थानमा पहिले नै टाटा मोटर्सजस्ता कार निर्माता कम्पनीको कारखाना सञ्चालनमा छन्। यस्तो अवस्थामा टेस्लाका लागि भारतमा व्यापार चुनौतीपूर्ण हुनसक्ने जानकारहरु बताउँछन्।

अर्कोतर्फ भारतीय कार निर्माताहरु जस्तै– मारुती सुजुकी र एमजी मोटरको पनि गुजरातमा प्लान्ट छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS