IME Life New

भारतको अर्थतन्त्रमा बीमाको योगदान ३.७६ प्रतिशत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भारतको अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान ३ दशमलब ७६ प्रतिशत मात्रै रहेको छ। भारत सरकारले सार्वजनिक गरेको २०२०/२१ को आर्थिक सर्वेक्षण अनुसार भारतको अर्थतन्त्रमा बीमाको योगदान अन्य देशहरुको तुलनमा धेरै कम देखिएको हो। सन् २००१ मा बीमाको योगदान २.७१ प्रतिशत थियो। भारत लगायएत एशियाली मुलुक मलेसिया, थाइल्याण्ड चीनमा पनि बीमाको योगदान ४ प्रतिशत भन्दा माथि छ। भारतीय अर्थशास्त्रीहरुले बीमाको कुल ग्रार्हस्थ्य उत्पादनमा देखिएको योगदानलाई लिएर आलोचना गरेका छन्।

उनिहरुले भारत सँगैका अन्य एशियाली राष्ट्रको तुलनमा भारतमा यसको योगदान एकदमै कम देखिएको बताएका हुन्। मलेशियामा बीमाको योगदान ४.७७ प्रतिशत रहेको छ। त्यस्तै थाइल्याण्डमा ४.७२ प्रतिशत र चीनमा २.३० प्रतिशत रहेको पाइन्छ। भारत तथा अन्य देशको तुलनामा नेपालको कुल ग्रार्हस्थ्य उत्पादनमा बीमाको योगदान पनि एकदमै कम देखिन्छ। बीमा समितिको तथ्याङ्क अनुसार बीमाको योगदान जम्मा २.३ प्रतिशत रहेको छ।

Esewa
Crest

भारतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार जीवन बीमाको योगदान २.८२ प्रतिशत देखिन्छ भने निर्जीवन बीमाको योगदान ०.९४ प्रतिशत मात्रै छ। विश्वमै सबैभन्दा धेरै ताइवानको अर्थतन्त्रमा बीमाको योगदान १९.९७ प्रतिशत रहेको छ। त्यस्तै दोस्रो नम्बरमा हङ्कङको अर्थतन्त्रमा १९.७४ प्रतिशत रहेको छ। अमेरिकी अर्थतन्त्रमा बीमाको योगदान ११.४३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS