IME Life New

भारतः मन्दीकाे प्रभाव बीमा व्यवसायमा, फेब्रुअरीमा एलआइसीकाे नयाँ व्यापार ३२ प्रतिशतले खस्कियाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । दक्षिण एशियाली मुलुक भारतकाे जीवन बीमा व्यवसायमा पनि आर्थिक मन्दीकाे प्रभाव देखा पर्न थालेकाे छ। गत फेब्रुअरी महिनामा भारतीय जीवन बीमा कम्पनीहरुकाे समग्र प्रथम् बीमाशुल्क आम्दानीमा गत वर्ष २०२२ काे फेब्रुअरी महिनाकाे तुलनामा १६.८ प्रतिशतले गिरावट आएकाे छ।

भारतीय बीमा नियामक आइआरडिएआईले सार्वजनिक गरेकाे विवरण अनुसार भारतीय जीवन बीमा कम्पनीले गत फेब्रुअरी महिनामा २ खर्ब २८ खर्ब ४८ कराेड भारतीय रूपैयाँ प्रथम् बीमाशुल्क आम्दानी गरेका छन् ।

Esewa
Crest

नयाँ बीमालेख बिक्रीवापत जीवन बीमा कम्पनीले प्राप्त गर्ने बीमाशुल्क प्रथम् बीमाशुल्क हाे । त्यसपछिका वर्षहरुमा पुरानै बीमितबाट प्राप्त हुने बीमाशुल्क किस्तावापतकाे रकम नविकरण बीमाशुल्क हाे ।

सामूहिक बीमावापतकाे बीमाशुल्क आम्दानीमा आएकाे गिरावट र भारतीय जीवन बीमा एलआइसी र एकल बीमाशुल्क आम्दानीमा आएकाे गिरावटले समग्रमा जीवन बीमा कम्पनीहरुकाे प्रथम् बीमाशुल्क आम्दानी खुम्चिएकाे केयरएजले उल्लेख गरेकाे छ।

गत वर्षकाे फेब्रुअरी महिनाकाे तुलनामा एलआइसीकाे प्रथम् बीमाशुल्क आम्दानीमा ३२.१ प्रतिशतले गिरावट आएकाे छ। फेब्रुअरीमा प्रथम बीमाशुल्क १ खर्ब १८ अर्ब ७९ कराेडमा सीमित भएकाे छ।फेब्रुअरी महिनामा एलआइसीकाे व्यक्तिगत एकल बीमाशुल्क, सामूहिक बीमाकाे एकल बीमाशुल्क, गैर एकल बीमाशुल्क आम्दानी र सामूहिक बीमावापतकाे नविकरण बीमाशुल्क आम्दानीमा समेत गिरावट आएकाे छ। भारतीय जीवन बीमाबजारमा प्रथम् बीमाशुल्क आम्दानीकाे आधारमा एलआइसीकाे बजार हिस्सा झण्डै ६४ प्रतिशत रहेकाे छ।

सरकारी स्वामित्वकाे जीवन बीमक एलआइसीकाे प्रथम बीमाशुल्क आम्दानीमा गिरावट आएपनि कूल प्रथम बीमाशुल्क आम्दानीमा ३६ प्रतिशत बजार हिस्सा ओगटेकाे निजी क्षेत्रकाे जीवन बीमा कम्पनीहरुकाे प्रथम् बीमाशुल्क आम्दानी १० प्रतिशतले वृद्धि भएकाे छ । यी जीवन बीमकले फेब्रुअरी महिनामा १ खर्ब ९ अर्ब ६८ कराेड भारु प्रथम बीमाशुल्क आम्दानी गरेका छन्।

रेटिङ एजेन्सी केयर एज रेटिङले आर्थिक वर्षकाे अन्त्यतिर आइपुग्दा निजी क्षेत्रका जीवन बीमकले ठूलाे बीमा‌ंक भएकाे बीमालेखहरू एकल बीमाशुल्कवापत जारी गरिरहेकाले निजी क्षेत्रकाे वृद्धिदर सकारात्मक देखिएकाे उल्लेख गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS