IME Life New

भारतः बीमितले रोग लुकाएकै कारण मृत्यु दाबी अस्वीकृत गर्न नमिल्ने नजिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको नयाँदिल्लीस्थित राज्य उपभोक्ता विवाद समाधान आयोगले बीमितले रोग लुकाएकै कारण बीममा कम्पनीले मृत्यु दाबी अस्वीकृत गर्न नमिल्ने ठहर गरेको छ।

संगीता धिन्ग्रा सेगल नेतृत्व र पिनाकी र जेपी अग्रवाल सदस्यको आयोगले यस्तो ठहर गरेको हो। आयोगले एचडीएफसी लाइफ इन्स्योरेन्सले हालै बीमितले रोग लुकाएकै कारण दाबी भुक्तानी स्वीकृत गरेको थियो। सोही मुद्दामा आयोगले एचडीएफसीले दाबी भुक्तानी रोक्न नमिल्ने निष्कर्ष निकालेको हो।

Esewa
Crest

बीमितकी पत्नी अनिता गुप्ताले केही समयपछि यो मामिलामा एचडीएफसी लाइफविरुद्ध आयोगमा उजुरी दिँदै कम्पनीको दाबी भुक्तानी अस्वीकृत गर्ने निर्णय विभेदकारी भएको उल्लेख गरेकी थिइन्।

करनजावाला एन्ड कम्पनीका सञ्चालकमध्येका एक समरजित जी पट्नायकका अनुसार अनिताका पतिले एचडीएफसी लाइफ ग्रुप क्रेडिट प्लस नामक पोलिसी खरिद गरेका थिए। ‘उक्त पोलिसीको भारु १९ लाख ४२ हजार १७६ बराबरको बीमांकको थियो, जुन स्वाथ्य लाभका लागि सन् २०१७ मार्च २९ देखि २०२२ मार्च २८ सम्मका लागि लिइको थियो’, पट्नायकले भने, ‘उनले भारु ९५ हजार ६५२.१७ प्रिमियम तिरेका थिए।’

पोलिसी लिएको करिब ५ महिनापछि बीमितको मृत्यु भएको थियो। उनमा बीमितमा मधुमेह, कलेजोमा समस्या र हाइपरटेन्सन देखिएको थियो।

त्यसपछि अनिताले पतिको मृत्युपछि दाबी भुक्तानीका लागि कम्पनीमा पुगेकी थिइन्। तर, कम्पनीले बीमितले बीमा पोलिसी लिने बेलामा रोक लुकाएको भन्दै दाबी भुक्तानी दिन अस्वीकृत गरेको थियो। त्यसपछि अनिताले आयोगमा कम्पनीविरुद्ध दाबी भुक्तानी नगरेको र मानसिक तनाव दिएको भन्दै उजुरी दर्ता गरेकी थिइन्।

त्यसपछि आयोगले गरेको छानबिनमा बीमितले बीमा पोलिसी लिँदा उनलाई कुनै किसिमको रोग नलागेको प्रमाण फेला पारेको थियो। योसँगै आयोगले मधुमेह मानिसमा लाग्ने आमरोग भएको भन्दै यही रोग लागेको कुरा लुकाएकै भरमा बीमकले दाबी भुक्तानी अस्वीकृत गर्न नमिल्ने ठहर गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS