IME Life New

भारतः बीमाको रकम कुम्ल्याउन विषाक्त इन्जेक्सन लगाएर श्रीमतीको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा फेरि अर्को सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। एक व्यक्तिले बीमाको रकम कुम्ल्याउन आफ्नै श्रीमतीलाई विषाक्त इन्जेक्सन लगाएर हत्या गर्न लगाएको घटना बाहिर आएको हो।

यो घटना भारत जासपुरको हो। जसपुरको बधियोवालाका शुभम चौधरीले बीमाको रकम पाउन गाउँकै एक चिकित्सकलाई बोलाएर विषाक्ता इन्जेक्सन लगाउन लगाएर श्रीमती सलोनीको हत्या गरेको उजुरी स्थानीय प्रहरीचौकीमा परेको छ। उजुरी सलोनीका भाइ मुरादाबाद (यूपी) भगतपुरको कुकरझुन्डी थानागाउँका अजित सिंहले दर्ता गरेका हुन्।

Esewa
Crest

अजितले दिदीका श्रीमान, ससुरा र प्रेमिकासहित अर्का एक अपरिचित वकिलविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेका छन्। उजुरीमा १३ वर्षअघि उनकी कान्छी दिदी सलोनीको विवाह जसपुरको बधियोवालाका शुभमसँग भएको उल्लेख गरेका छन्।

शुभमको गाउँकै एक युवतीसँग प्रेम सम्बन्ध अजितको आरोप छ। ‘शुभमले सलोनीलाई पटक–पटक पिट्ने गरेका थिए। गाउँ पञ्चायतले बुझाउने कोसिस गरे पनि उनले मानेनन्’, उजुरीमा अजितले उल्लेख गरेका छन्, ‘सम्बन्धविच्छेद गर्ने, घरबाट निकाल्ने र मार्ने धम्कीसमेत दिएका थिए।’

सम्बन्धविच्छेद र घर नछाडेपछि शुभमले आफ्नी प्रेमिका र अज्ञात अधिवक्तासँग मिलेर दिदी सलोनीको हत्या गरी विभिन्न कम्पनीबाट लाखौँ रकमबराबरको बीमाको रकम हिनामिना गरेको उजुरीमा दाबी गरिएको छ। शुभमले आफूलाई नोमिनी बनाएर विभिन्न कम्पनीबाट २५–२५ लाखको थुप्रै पोलिसी बनाएको उजुरीमा उल्लेख छ।

अजितका अनुसार शुभमको योजनामा सबै अभियुक्तले मिलेर गत अगस्ट १० मा रातिको समय गाउँकै क्वाक डाक्टरलाई बोलाएर सलोनीको देब्रे खुट्टामा विषाक्त इन्जेक्सन लगाएका थिए। ‘सलोनीको अवस्था बिग्रिएपछि एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो र सलोनीलाई सर्पले टोकेको फोनमा हामीलाई जानकारी आएको थियो’, अजितले प्रहरीसामु भनेका छन्।

अस्पताल चिकित्सकले भने सलोनीको ५–६ घन्टाअघि मृत्यु भइसकेको बताएका थिए। चिकित्सकले उनलाई सर्पले नटोकेको जानकारी गराएपछि शव परीक्षणका लागि सरकारी मेडिकल कलेज हल्द्वानीमा पठाइएको प्रहरीले जनाएको छ। सलोनीका श्रीमान शुभम, ससुरा विजयपाल सिंह, शुभमकी प्रेमिका र अपरिचित वकिलविरुद्ध मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। अस्पतालबाट मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS