IME Life New

भारतः टर्म इन्स्योरेन्समा महिलाको आकर्षण उल्लेख्य वृद्धि, साना सहरमा बढ्यो उच्च कभरेजको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा महिलाका लागि ल्याइएको टर्म इन्स्योरेन्समा आकर्षण ह्वात्तै बढेको छ।

पोलिसी बजारको पछिल्लो तथ्यांकअनुसार विगत २ वर्षमा भारतमा महिलाले खरिद गर्ने टर्म इन्स्योरेन्स ८० प्रतिशतले बढेको हो। बढ्दो सचेतना र वित्तीय जागरणले महिलाहरु टर्म इन्स्योरेन्स पोलिसी गर्न आकर्षित भइरहेको पोलिसी बजारले जनाएको छ।

Esewa
Crest

गृहिणीमा विशेषगरी उच्च कभरेजको टर्म पोलिसीको माग बढ्दो देखिएको छ। भारु २ करोडसम्मको टर्म पोलिसी महिलाहरुले खरिद गरिरहेको पोलिसी बजारको तथ्यांकले देखाउँछ। उच्च कभरेजको टर्म पोलिसी पछिल्लो समय भारतका साना सहरहरुका महिलाहरुले गरिरहेका छन्। आन्ध्रा प्रदेशको गुन्टुर सहर उच्च कभरेजको टर्म पोलिसी माग धेरै हुने सहरको सूचीमा शीर्ष ५ भित्र रहेको छ। त्यहाँ थुप्रै महिलाले उच्च कभरेजको टर्म पोलिसी खरिद गरेका छन्।

पोलिसीबजारका अनुसार उच्च कभरेजको टर्म पोलिसी खरिद गर्ने महिलाको संख्या पछिल्लो २ वर्षमा १२० प्रतिशतले बढेको छ। भारत केही वर्षअघि मात्रै सार्वजनिक गरिएको गृहिणीका लागि टर्म इन्स्योरेन्स पोलिसी निकै लोकप्रिय बढेको छ।

पछिल्लो २ वर्षमा भारतमा ४० प्रतिशत टर्म इन्योरेन्स पोलिसी गृहिणीले खरिद गरेका छन्। पोलिसी खरिद गर्ने अधिकांश महिला २० वर्षदेखि ३० वर्ष उमेर समूहका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS