IME Life New

भाईटिकामा उपहार स्वरुप बीमा पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


बिजया बास्कोटा
खोटाङ घर भएका रमेश राईले यस पालिको भाईटिकामा आफ्नि दिदिलाई बीमा पोलिसि उपहार दिने योजनामा रहेका छन् । बद्लिदो समय सँगै बढेका विभिन्न जोखिमहरु लाई मध्यनजर गर्दै राईले उपहार स्वरुप दिदि लाई बीमा पोलिसि खरिद गर्ने भएका हुन् । भाई टिकामा दिदि बहिनिले टिका लगाई दिए पछि दाजु भाईले पनि दक्षिणाका साथमा विभिन्न किसिमका बहुमुल्य सामानहरु दिने परिपाटि कायम रहेको बेला रमेशले भने नयाँ उपहार दिने निर्णय गरेका छन् । भाईटिकामा दिएको उपहारले दिदिको भविष्यमा पर्न सक्ने जोखिम लाई सामना गर्न मद्धत पुग्ने सोचका साथमा यो उपहार दिन लागेको राई बताउँछन् ।

यसै गरि भक्तपुरका रोशन श्रेष्ठले पनि यस पालिको भाईटिकामा आफ्नि बहिनि लाई २ लाख बिमाङ्क बराबरको बीमा पोलिसि उपहार स्वरुप दिने भएका छन् । भाईटिकामा महङ्गा सामानहरु दिनुको सट्टा बरु दिर्घकालसम्म रहिरहने उपहार दिनु नै वेश हुन्छ श्रेष्ठले बताए । आज मैले उपहार स्वरुप दिएको यो बीमा पोलिसिले मेरी बहिनिको भविष्य उज्जवल हुन्छ । उसको शिक्षामा सहयोग पुग्छ, त्यसैले यसपालिको भाईटिकामा मैले नौलो उपहार दिन लागेको हो उनले भने ।

Esewa
Crest

उदयपुर निवासि हर्क विक पेशाले शिक्षक हुन् । उनी आफ्नो घर नजिकैको एक विधालयमा पढाउँछन् । भाईटिका नजिकिदै गर्दा उनले पनि आफ्नि दिदि लाई रोशन र रमेशले जस्तै बीमा पोलिसि उपहार स्वरुप दिने पक्का गरेका छन् । भाईटिकामा दिदि बहिनिहरुले आफ्ना दाजुभाईहरुको लामो दिर्घायु तथा उन्नत्तिको कामना गर्छन् । अनि दाजुभाईहरुले चाहिँ दक्षिणा साथै केही उपहारहरु दिन्छन्, जुन उपहारहरु क्षणिक समयका लागि मात्र उपयोगि हुन्छन् । जोखिमहरु बढ्दै गर्दा बीमा व्यवसाय पनि उत्तिकै मात्रामा बढ्दै छ । मेरो दिर्घायु र सफलताको कामना गर्ने मेरी प्यारी दिदिलाई उसको भविष्यमा पर्न सक्ने खतरा लाई न्यूनिकरण गर्न सघाँउ पुगोस भन्ने हेतुले यो उपहार दिन लागेको छु उनले बताए ।

वर्ष दिनमा मनाईने पर्वमा नेपालीहरुले धेरै अनावश्यक खर्च गर्ने गर्छन् । सरसापट गरेर भए पनि देखावटि रुपमा चाडवाड मनाउने गर्छन् । कतिपय दाजुभाईहरु यस पालिको भाईटिकामा आफ्ना दिदिबहिनिहरुलाई के उपहार दिने भन्ने सोचमा हुनुुन्छ होला र कतिपयले त तयार पनि गरि सक्नु नै भयो होला । यदि के दिने भन्ने सोचाईमा परिरहनु भएको छ भने रमेश, रोशन र हर्कले झै बीमा उपहार दिन सक्नु हुन्छ । यी व्यक्तिहरुले जस्तै आफ्ना दिदिबहिनिहरुलाई लामो समयावधि सम्म रहिरहने उपहार दिन सक्नु हुन्छ ।

बीमा बजारमा रहेका जीवन बीमा कम्पनीहरु मार्फत तपाई लाई सुहाँउदो एक बीमा पोलिसि रोज्न सक्नु हुन्छ । यस पालि भाईटिकामा मैले दिदिबहिनिलाई दिने उपहार महत्वपूर्ण होस् र नौलो होस् भन्ने सोचाईमा रहनु भएको छ भने एक उत्तम उपहार बीमा हुनेछ । तपाईको जीवनको दिर्घायुको कामना गर्ने दिदिबहिनिहरु लाई तपाईले पनि काम लाग्ने उपहार दिनु होस्, तपाईले दिएको उपहारले उनीहरुको भविष्यमा आउन सक्ने जोखिम लाई न्यूनिकरण गर्न सजिलो होस् । यी सबै कुराहरु लाई समेट्ने एक मात्र उपहार बीमा हुनेछ ।

बीमा बीमित र बीमकका बीच गरिने एक करार पत्र हो । जीवनमा आई पर्ने सम्भावित जोखिमहरुका कारण आर्थिक क्षति भएमा त्यस्तो क्षति बीमा कम्पनिले वहन गर्छ । भविष्यमा आई पर्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि बीमा गरिन्छ । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो । बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बीमित र बीमक बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS