IME Life New

भाइटीकामा दिदी बहिनीलाई बीमा पोलिसी उपहार किन नदिने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तिहार नेपालीहरुको महान पर्व दशै पछाडीको मुख्य चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन (काग तिहार) देखि कात्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइटीका (पाँच दिन) सम्म मनाईन्छ । नेपाली समाजमा मानिने चाड मध्येको एक मुख्य चाड हो तिहार । तिहारलाई फुलै फुलको पर्वका रुपमा पनि लिने गरिन्छ । तिहार दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउने पर्व पनि हो ।

सेलरोटी, देउसी, भैलो खेल्ने, लक्ष्मीको पूजा गर्ने तथा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर यो पर्व सकिन्छ । पाँच दिन सम्म मनाईने तिहारको पाँचौ दिन भाइतिहार (भाइटीका)ः हिन्दु धर्मालम्विहरुले तिहारको अन्तिम दिन अर्थात कात्तिक शुक्ल द्वितीया तिथिको दिनलाई विशेष दिनका रुपमा लिने गर्दछन् । यो दिनमा विशेष त दिदीभाइ तथा दाजु बहिनिले एक आपसमा विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मनपर्ने कुरा ख्वाई मनाउने गर्दछन् । दाजु भाईहरुले दिदीबहिनीलाई दान, दक्षिणा एवं विभिन्न खालका उपहार दिने परम्परा पनि रहेको पाईन्छ ।

Esewa
Crest

भाइटिकामा दिदिबहिनिहरुले आफ्ना दाजुभाइहरुको लामो दीर्घायु तथा उन्नत्तिको कामना गर्छन् । आफ्ना दाजुभाईहरुलाई मनपर्ने खाने कुराका साथमा मनपर्ने विभिन्न उपहारहरु दिने गर्दछन् । अनि दाजुभाइहरुले पनि आफ्ना दिदी बहिनीहरुलाई दक्षिणाका साथै केही उपहारहरु दिन्छन् । जुन उपहारहरु लामो समयसम्म सम्झन लायक होस् भनेर भन्न चाहन्छन् ।

दीर्घायु र सफलताको कामना गर्ने आफ्ना प्यारा दिदी बहिनीलाई उनीहरुको भविष्यमा पर्न सक्ने खतरालाई न्यूनिकरण गर्न सघाँउ पुगोस भन्ने हेतुले यो तिहारमा भने बीमा पोलिसी उपहार दिने योजना बनाउँदा दाजुभाइहरुका लागि लामो समयसम्म स्मरण पनि हुन्छ भने त्यसले दिदी बहिनीहरुलाई भविष्यमा आईपर्ने गर्जो टार्न समेत मद्दत पुग्दछ । भान्जाभान्जीको अध्ययन खर्चदेखि, विभिन्न् कर्महरुका लागि समेत दाजुभाइले तिहारमा दिएको बीमा पोलिसी एउटा समाधान बन्न सक्नेछ ।

वर्ष दिनमा मनाईने पर्वमा नेपालीहरुले धेरै अनावश्यक खर्च गर्ने गर्छन् । सरसापट गरेर भए पनि देखावटि रुपमा चाडवाड मनाउने गर्छन् । तपाईहरु पनि यस पालीको भाइटीकामा आफ्ना दाजुभाइ तथा दिदी बहिनीहरुलाई के उपहार दिने भन्ने सोचमा हुनुुन्छ होला र कतिपयले त तयार पनि गरि सक्नु नै भयो होला । यदि के दिने भन्ने सोचाईमा परिरहनुभएको छ भने बीमा उपहार दिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

23%
happy

खुसी

15%
sad

दु :खी

23%
amazed

अचम्मित

8%
excited

उत्साहित

31%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS