IME Life New

भदौ महिनामा ११ कम्पनीले पाए एक अर्ब ४४ करोडको पुनरकर्जा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ महिनामा ११ वटा कम्पनीलाई एक अर्ब ४४ करोड रुपैयाँ बराबरको पुनरकर्जा सुविधा प्रदान गरेको छ ।  भदौ महिनामा भद्रकालि इङ्गलीस बोर्डिङ्ग स्कूल जनकपुरले राष्ट्रिय बाणिज्य बैंक मार्फत ४४ लाख रुपैयाँको पुनरकर्जा प्राप्त गरेको हो ।

त्यस्तै माउन्टेन बुद्ध होलिडेजले ग्लोबल आइएमई बैंक मार्फत ७५ लाख रुपैयाँ, होटल बाराहीले कुमारी बैंक  मार्फत २० करोड रुपैयाँ, बोधी रेडसन होटलले मेगा बैंक नेपाल मार्फत २० करोड रुपैयाँ, होटल पोखरा भिलेजले सिद्धार्थ बैंक मार्फत ९ करोड ८६ लाख रुपैयाँ, डाइमोन्ड हिल रिसोर्टले सिद्धार्थ बैंकबाटै ७ करोड ५० लाख रुपैयाँ, सेभेन लेक्स रिसोर्टले सिद्धार्थ बैंकबाट ५ करोड ९४ लाख रुपैयाँ, सुरी खोला हाइड्रोपावरले प्रभु बैंक मार्फत २० करोड रुपैयाँ, विकास हाइड्रोपावर कम्पनीले राष्ट्रिय बाणिज्य बैंक मार्फत २० करोड रुपैयाँ, होटल शाराले सिद्धार्थ बैंक मार्फत २० करोड रुपैयाँ र सिता एयरले प्रभू बैंक मार्फत २० करोड रुपैयाँ प्राप्त गरेको हो ।

Esewa
Crest

यस महिनामा सबैभन्दा धेरै पर्यटन क्षेत्रका कम्पनीले एक अर्ब ४ करोड रुपैयाँ रुपैयाँको पुनरकर्जा सुविधा लिएका छन् । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा भने तीन अर्ब एक करोड रुपैयाँको पुनरकर्जा सुविधा प्रदान गरिएको छ । ५ संस्था तथा व्यक्तिले विशेष पुनरकर्जा प्राप्त गरेका छन् भने २० जनाले साधारण पुनरकर्जा प्राप्त गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS