IME Life New

ब्लुटुथ कनेक्टिभिटी अनि नोटिफिकेसन कल ! एड्भान्स फिचरहरुका साथ आयो पल्सरका दुई बाइक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अग्रणी दुईपांग्रे सवारी उत्पादक कम्पनी बजाज अटोले आफ्ना चर्चित बाइक पल्सर एन१५० र पल्सर एन१६० नयाँ अपडेटसहित लन्च गरेको छ।

केही दिनअघि मात्रै यी दुवै बाइक प्रदर्शनमा आएका थिए। पल्सर एन१५०को मूल्य भारुरु १.१८ लाखदेखि भारुरु १.२४ लाखसम्म छ। जब कि पल्सर एन१६० मोडलको मूल्य भारु १.३१ लाखबाट सुरु भएर भारु १.३३ लाखसम्म जान्छ। यी सबै मूल्य एक्स–शोरुम हुन्।

Esewa
Crest

कम्पनीले यी दुवै बाइकलाई नयाँ फिचरसहित अपडेट गरेको छ। यद्यपि, यसको बेस भेरियन्टमा पहिलेजस्तै डिजिटल–एनालग डिस्प्ले छ। पल्सर एन१५० को टप भेरियन्टमा कम्पनीले एलसीडी ड्यासबोर्ड दिइएको छ। जुन ब्लुटुथ कनेक्टिभिटीसँग आउँछ। यसले फोन कलहरु एक्सेप्ट र डिक्लाइन गर्ने सुविधा पनि प्रदान गर्दछ। यसको मतलब बाइक चलाउँदा कल नोटिफिकेसन प्राप्त गर्न सकिन्छ। जसलाई रिसिभ या रिजेक्ट गर्न सकिन्छ।

यो निकै उपयोगी फिचर हो। यसबाहेक कम्पनीले एन१५० मा रियर ह्विलहरुमा रियर डिस्क ब्रेक पनि समावेश गरेको छ। यो बाइकमा सिंगल च्यानल एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस) जडान गरिएको छ। बजाज पल्सर एन१६० डुअल च्यानल एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस)सहित मात्र कम्पनीले ल्याएको छ।

कम्पनीले दुवै बाइकमा पहिले जस्तै कुनै मेकानिकल परिवर्तन गरेको छैन। पल्सर एन१५० मा १४९.६ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन छ। जसले १४ बीएचपी पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ। जब कि पल्सर एन१६० मा कम्पनीले १६५ सीसी सिंगल सिलिन्डर इन्जिन दिएको छ। जसले १६ बीएचपी पावर र १४.६५ एनएम टर्क जेनेरेट गर्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS