IME Life New

ब्रिलियन्ट बहुमुखि क्याम्पसमा नेपाल बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले काठमाण्डौको सिफल स्थित ब्रिलियन्ट बहुमुखि क्याम्पसमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरुलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्क प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ।

स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु सहभागि भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, बैंकले लागु गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ प्रविधिहरु, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङ्का विविध आयामहरुको बारेमा जानकारी गरेको बैंकले उल्लेख गरेको छ।

Esewa
Crest

कार्यक्रममा नेपाल बैंक मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलले वित्तीय साक्षरता सम्बन्धि बिभिन्न आयामहरुमा विद्यार्धिहरुलाई प्रशिक्षण दिंदै नेपाल बैंकले विद्यार्धिहरुलाई लक्षित गरि ल्याएका बिभिन्न बैंकिङ्ग प्रोडक्ट तथा सेवा सुबिधाहरुको वारेमा जानकारी गराएको बैंकले जनाएको छ ।

बैंकले नेपालभर २१३ शाखाहरु १६० एटिएम, र ५० एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS