IME Life New

ब्राजिलमा बीवाईडी डल्फिन बन्यो सन् २०२३ मा सबैभन्दा धेरै पुरस्कृत हुने विद्युतीय कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीवाईडी डल्फिन ब्राजिलको सबैभन्दा बढी पुरस्कृत बिद्ध्युतिय गाडी हो। ब्राजिलमा लन्च भएको ६ महिनामानै बीवाईडी डल्फिनले १० महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त गरेको छ। बीवाईडी डल्फिन वर्षको सबैभन्दा प्रतीक्षित गाड़ी मात्र नभएर, परम्परागत रूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै विशेषज्ञ पत्रकार तथा सर्वसाधारणको प्रिय बन्न सफल भएको छ।

बिवाइडीले २०२३ मा ब्राजिलमा मात्रै ५००० भन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ। यो ऐतिहासिक रेकर्डले ब्राजिलवासीहरुमा बिद्ध्युतिय साधन खरिदको वास्तविक सम्भावनालाई पनि देखाएको छ।

Esewa
Crest

सम्पूर्ण बिद्ध्युतिय कारहरुको दाँजोमा, बिवाइडी डलफिन अग्रभागमा रहेको देखिन्छ। यसको अर्थ पुरातन बजारले प्रस्ताव गरे भन्दा अझै अनुकूल मुल्यमा डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्न सम्भाव छ भन्ने कुरा बिवाइडी डलफिनले पुष्टि गरेको छ।

बीवाईडीका अध्यक्ष टेलर लीले बीवाईडी डल्फिन ब्राजिलको अटोमोटिभ बजारका लागि एक गेम-चेन्जर भएको बताए । इतिहासमा पहिलोपटक एउटा कम्पनीले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गर्नु आफैंमा पूर्ण र आरामदायक रहेको उनको भनाइ छ । आकर्षक डिजाइन तथा प्रतिस्प्रधी मूल्यले पूरा उद्योगलाई नै आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको उनले बताए ।

नोभेम्बरदेखि डिसेम्बरसम्म मात्रै बीवाईडी डल्फिनले विभिन्न १० पुरस्कार प्राप्त गरिसकेको कम्पनीले बताएको छ । अटो इस्पोर्ट म्यागजिनबाट २०२४ कार ओफ द इयर, यूओएल कारोस अवार्ड अन्तर्गत हाइलाइट ओफ द इयर इलेक्ट्रिक कार, मोबिलीडेड स्टेडो २०२४ अवार्ड अन्तर्गत बेस्ट इलेक्ट्रिक कार, ट्रेन्ड कार २०२३, पर्चेस अफ द इयर २०२४ लगायतका पुरस्कारले सम्मानित भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बीवाईडी डल्फिन सेप्टेम्बरदेखि नै सबैभन्दा बढी बिक्री हुने कार बनेको छ। र यसको संख्या अझै बढ्ने क्रममा छ । यसले ब्राजिलका जनताको विद्युतीकरण प्रतिको वास्तविक चासो र सुन्दर संसारको विद्यमान परिकल्पनालाई पूर्ण पुष्टि गरेको कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS