IME Life New

ब्याज आम्दानी घट्दा निफ्राको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा निफ्राले ३५ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा १५.२२ प्रतिशतले घटेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निफ्राले ५० करोड १२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिमा निफ्राले ५९ करोड ११ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा १५.२१ प्रतिशतले घटेको छ।

निफ्राको खुद ब्याज आम्दानी पनि घटेर ५६ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा खुद ब्यजा आम्दानी ७० करोड १५ लाख रुपैयाँ भएको थियो। खुद ब्याज आम्दानी १९.८० प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा निफ्राले २ अर्ब ४ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ९५ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा निफ्राले ८२ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ४३ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको निफ्राको रिजर्भमा ३ अर्ब ३२ करोड १९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ५९ लाख ६६ हजार रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा रिजर्भको आकार २७.९३ प्रतिशतले बढेको छ।

निफ्राको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ६.५० रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा प्रतिशेयर आम्दानी ७.६६ रुपैयाँ थियो। पीई रेसियो ४४.४७ गुणा रहेको निफ्राको प्रतिशेयर नेटवर्थ ११५.३८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS