IME Life New

ब्याजदर कटौतीले अमेरिकी शेयर बजारमा पहिरो, एकैदिन शीर्ष धनाढ्यहरुको ७५ अर्ब डलर स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। फेडरल रिजर्भ (फेड)ले नीतिगत ब्याजदरमा ०.२५ प्रतिशतले कटौती गरेपछि बुधबार अमेरिकी शेयर बजारमा भारी गिरावट आएको छ। यसले विश्वका शीर्ष १० धनाढ्यको सम्पत्ति एकैदिन ७५ अर्ब डलरले घटेको छ।

एलन मस्क

Esewa
Crest

बुधवार अमेरिकी शेयर बजारमा आएको गिरावटका कारण एलन मस्कले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। टेस्ला, स्पेसएक्स र एक्सलगायतका धेरै कम्पनी सञ्चालन गर्ने मस्कको कुल सम्पत्ति एकै झट्कामा २८.४ अर्ब डलरले झरेर ४५८ अर्ब डलरमा झरेको छ। टेस्लाको शेयरभाउ ८.२८ प्रतिशतले घटेको छ। मस्कको यस कम्पनीमा करिब २३ प्रतिशत शेयर स्वामित्व रहेको छ।

जेफ बेजोस

अमेजनका सहसंस्थापक जेफ बेजोसको कुल सम्पत्ति बुधबार ९.७२ अर्ब डलरले घटेको छ। अमेजनको शेयरभाउ ४.६० प्रतिशतले घटेर बन्द भएको छ। बेजोसको कुल सम्पत्ति अहिले २४० अर्ब डलर छ। उनी विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन्।

मार्क जुकरबर्ग

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्गको कुल सम्पत्ति ७ अर्ब ६९ करोड डलरले घटेको छ। उनी २११ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनीव्यक्तिको सूचीमा तेस्रो स्थानमा छन्।

ल्यारी एलिसन

सफ्टवेयर कम्पनी ओरेकल कर्पोरेसनका सहसंस्थापक ल्यारी एलिसनलाई बुधबार ५.५३ अर्ब डलरको झट्का लागेको छ। अहिले उनको कुल सम्पत्ति १८८ अर्ब डलर छ र उनी विश्वका धनीव्यक्तिको सूचीमा चौथो स्थानमा छन्।

ल्यारी पेज

ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार गुगलका संस्थापक ल्यारी पेजको नेटवर्थ बुधबार ५.५३ अर्ब डलरले घटेको छ। योसँगै उनको कुल सम्पत्ति अहिले १६८ अर्ब डलर पुगेको छ र उनी विश्वका धनीव्यक्तिको सूचीमा छैटौँ स्थानमा छन्।

बिल गेट्स

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको सम्पत्तिमा २ अर्ब ६२ करोड डलरको गिरावट आएको छ। उनी विश्वका धनी व्यक्तिको सूचीमा सातौँ नम्बरमा छन्। बुधबार कम्पनीको शेयरभाउ ३.७६ प्रतिशतले घटेको छ।

सर्गेई ब्रिन

शेयर बजारमा आएको गिरावटका कारण गुगलका सहसंस्थापक सर्गेई ब्रिनको कुल सम्पत्ति ५.१५ अर्ब डलरले घटेको छ। अहिले उनको कुल सम्पत्ति १५८ अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा आठौँ नम्बरमा छन्।

स्टिभ वाल्मर
माइक्रोसफ्टका पूर्वसीईओ र कम्पनीका प्रारम्भिक कर्मचारीमध्ये एक स्टिभ वाल्मरले बुधबार ५.४७ अर्ब डलर गुमाए। उनको कुल सम्पत्ति अहिले १५२ अर्ब डलर छ र उनी विश्वका धनीव्यक्तिको सूचीमा नवौँ स्थानमा छन्।

वारेन बफेट

प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेटको कुल सम्पत्ति बुधबार २.७६ अर्ब डलरले घटेको छ। उनी १४० अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १० औँ स्थानमा छन्।

बर्नार्ड अर्नाल्ट

विश्वका धनाढ्यको सूचीमा फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट पाँचौँ स्थानमा रहेका छन्। यो सूचीमा अर्नाल्टबाहेक सबै अमेरिकी छन्। अर्नाल्टको सम्पत्ति पनि बुधबार १.८४ अर्ब डलरले घटेर १७७ अर्ब डलरमा झरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS