IME Life New

बोटलर्स नेपालका दुई कम्पनीले एकैदिन बोलाए साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले सैतिसौँ वार्षिक साधारण पुस २७ गते आब्हान गरेका छन्। यी दुबै कम्पनीले सोल्टी होटल, ताहाचल, काठमाडौँमा साधारण सभा आब्हान गरेका हुन् । बोटलर्स नेपाल (तराई) ंले दिउँसो १२ बजे र बोटलर्स नेपालको दिउँसो ४ बजे शुरु गर्ने जनाएका छन् ।

बोटलर्स नेपाल (तराई) को साधारण सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ भने बोटलर्स नेपालले लाभांशको कुनै प्रस्ताव सभामा पेश गरेको छैन।

Esewa
Crest

यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु यी कम्पनीहरुका सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ यी दुबै कम्पनीले पुस २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS