IME Life New

बैवाहिक बर्षगाँठको अवसर बबिताले दिइन् बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ ।

परिवर्तित समयसँगै पछिल्लो समय भने जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक बर्षगाँठ लगायतका शुभ कार्यमा बीमा पोलीसी उपहार दिने चलन बढ्दै गएको हो ।

Esewa
Crest

सोही चलनको अनुसरण गर्दै यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेसीशहर शाखाकी एजेन्सी म्यानेजर बबिता खनियाले आफ्नो विवाहको ११औँ बैवाहिक बर्षगाँठको अवसरमा आफ्नो जीवनसाथीलाई जीवन बीमा पोलिसी उपहार दिएकी छिन् । एजेन्सी म्यानेजर खनियाले आफ्नो जीवनसाथी प्रकाश सापकोटालाई कम्पनीको सावधिक जीवन बीमा योजना अन्तरगत २० लाखको बीमा पोलिसी उपहार स्वरुप दिएकी हुन् ।

बीमा पोलिसी हस्तान्तरण गर्दै उनले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुदाँ जीवन बीमा अतिआवश्यक रहेको बताइन् । जीबन बीमा गर्ने योजना पहिले नै बनाएको र बिशेष दिनमा उपहार स्वरुप दिदाँ आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुदाँ सो उपहार दिएको उनले बताइन् ।

अन्य उपहार खरिद गर्न लाग्ने खर्चले एक बीमाशुल्क वापतको रकम भुक्तानी गर्न पुग्ने भन्दै उनले सो योजना बनाएको समेत बताएकी छिन् ।

राईनास नगरपालीका स्थित शौभाग्योदय नमुना मा.वि.का शिक्षक समेत रहेका सापकोटाले बैवाहिक बर्षगाँठको अवसरमा पाएको उपहारले खुशी लागेको बताए । यस्तो अभ्यासले समाजमा जीबन बीमा प्रति राम्रो सोचको विकास हुने र समाजमा बीमा सम्बन्धी सचेतना समेत बढ्ने उनले बताए ।

सो पोलिसी हस्तान्तरण कार्यक्रममा कम्पनीका बेसीशहर शाखाका कर्मचारी साथै अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS