IME Life New

बैंक तथा वित्तीय संस्थालाई हप्तामा दुई दिन बिदा दिने राष्ट्र बैंकको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त संस्थालाई हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई बैशाख १ गतेदेखि लागू हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो । अब बैंक तथा वित्तीय संस्थाहरु जेठ १ गतेदेखि शनिबार र आइतबार बन्द रहनेछन् ।

त्यस्तै, जेठदेखि बैंक तथा वित्तीय संस्थाको कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० देखि ५ः३० सम्म कायम रहनेछ भने कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९ः३० बजेदेखि ४ः३० सम्म कायम रहनेछ। राष्ट्र बैंकले शुक्रबार पनि बैंकको निर्धारित पोशाक कायम गर्न आग्रह गरेको छ ।

Esewa
Crest

त्यसैगरी बैंकहरुको कारोबार समय सोमबारदेखि शुक्रबार बिहान ९ः३० बजेदेखि साझ ४ बनेसम्म रहनेछ भने कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कारोबार समय बिहान ९ः३० बजेदेखि दिउँसो ३ः३० सम्म रहनेछ ।

साथै, राष्ट्र बैंकले २०७९ सालको लागि निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक विदाबाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट प्रवाह हुने आरटिजिएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवालगायत अन्य अत्यावश्यक सेवाहरु, तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैकिङ्ग सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारी खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्ने । उक्त सेवा सञ्चालनमा सहयोग गर्न सूचना प्रविधि विभागले आवश्यक परेमा आवश्यकताअनुसार कर्मचारी खटाउने निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS