IME Life New

बैंक खाता रोक्का तथा फुकुवाका लागि स्वचालित प्रणाली विकास गर्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवाका लागि स्वचालित प्रणालीको विकास गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ लागू गर्दै यस्तो व्यवस्था गर्न लागेको हो। जसअनुसार राष्ट्र बैंकले खाता रोक्का वा फुकुवासम्बन्धी अनलाइन प्रणाली विकास गरी सो सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछन्।

Esewa
Crest

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्था तथा प्रचलित कानुनबमोजिम खाता रोक्का वा फुकुवा गर्न अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकले विकास गरेको अनलाइन प्रणालीमार्फत खाता रोक्का वा फुकुवाको निवेदन दिन सक्ने व्यवस्था विनियमावलीमा गरिएको छ।

खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ र विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृतस्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिन सक्ने व्यवस्था विनियमावलीमा उल्लेख छ।

इजाजतपत्र प्राप्त इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का गर्नका लागि अधिकारप्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी देहाय बमोजिमको व्यहोरा खुलाईराष्ट्र बैंक समक्ष लिखित रुपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिने व्यवस्था विनियमावलीमा गरिएको छ। प्राकृतिक व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण र खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीनपुस्ते विवरण लिनुपर्ने व्यवस्था पनि विनियमावलीमा गरिएको छ।

यसैगरी कानुनी व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण र फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

कुनै निश्चित खातामात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण र आशिंक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण लिनुपर्ने व्यवस्था गरिएको छ।

प्रचलित कानुनबमोजिम अनुसन्धान गर्न अधिकारप्राप्त अधिकारीलेखाता रोक्का वा फुकुवा गर्ने प्रयोजनका लागि तोकिएका अधिकारीमार्फत राष्ट्र बैंक समक्ष खाता रोक्का वा फुकुवाको अनुरोध गर्नुपर्नेछ। बैंक खाता रोक्का वा फुकुवाका लागि सम्बन्धित अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकमा पत्र पठाउँदा यथाशीघ्र प्राप्त हुने गरी तोकिएको ठेगानामा पठाउनुपर्नेछ। यस्तो पत्र ई–मेलमार्फत समेत पठाउन सकिनेछ।

यस्ता खाता रोक्कासम्बन्धी विशेष व्यवस्था

(१) इजाजतपत्रप्राप्त संस्थाहरुको खाता रोक्का हुने छैन।

(२) भुक्तानी सेवा प्रदायक संस्थाको सेटलमेन्ट प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्थाहरुमा रहेको खाता रोक्का हुने छैन।

तर, अल्पकालीन वा दीर्घकालीन रुपमा संस्था सञ्चालनमा नरही बन्द हुने अवस्था आएमा वा राष्ट्र बैंकले कारबाही गरी खाता रोक्का गर्नुपर्ने अवस्था देखिएमा संस्थाको खाता रोक्का गर्न बाधा पुगेको मानिने छैन।

(३) कुनै कर्मचारीसँग सम्बन्धित विषयका कारण सम्बन्धित संस्थाको सम्पूर्ण खाता रोक्का गर्ने गरी अनुरोध गर्नुपर्ने भएमा खाता रोक्का गर्नुअघि निश्चित वा आंशिक खाता रोक्का गर्न मिल्ने वा नमिल्ने यकिन गरी सम्पूर्ण खाता रोक्का गर्दा संस्थाको व्यवसायिक निरन्तरतामा पर्ने प्रभाव, अन्य कर्मचारी तथा सरोकारवालालाई पर्ने प्रभाव र सम्बन्धित संस्थाको उक्त कर्मचारी प्रतिको दायित्व रकम समेत खुलाइ विवरण पेश गर्नु पर्नेछ। उक्त अनुरोधका सम्बन्धमा राष्ट्र बैंकले निश्चित वा आंशिक खाता रोक्का राख्न उपयुक्त देखेमा कर्मचारी प्रतिको दायित्व बराबरको रकम रोक्का राख्ने गरी जाजतपत्रप्राप्त संस्थाहरुलाई निश्चित वा आंशिक खाता रोक्का राख्न निर्देशन दिन सक्ने व्यवस्था प्रस्तावित विनियमावलीमा गरिएको छ।

खाता रोक्का वा फुकुवा गर्ने अधिकार

खाता रोक्का वा फुकुवा गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ र विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृतस्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिन सक्नेछन्।

Khata-Rokka-Fukuwa-2081

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS