IME Life New

बैंक अफ काठमाण्डूका ग्राहकले विभिन्न स्थानहरुमा ४५% सम्म छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई विभिन्न छुट दिदै आएको छ । बैंकले ग्राहकहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको हो ।

सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत एयरपोटचोक विराटनगरमा पर्पल हेज रेष्ट्रो एण्ड गार्डेन, १५ प्रतिशत, विर्तामोडको मिठो रेष्टुरेन्ट एण्ड थकाली किचन १० प्रतिशत छुट, इमाडोलको नोबेल होटल एण्ड स्विमिङ कम्प्लेक्समा १० प्रतिशत छुट पाउनेछन् ।

Esewa
Crest

त्यस्तै, यस बैंकका ग्राहकहरुलाई वित्र्तामोडको मिटिङ पोइन्ट रेष्टुरेन्ट एण्ड बारमा ५ प्रतिशत, चितवनको होटल इर्थ लाइटमा २० प्रतिशत, इमाडोलको चिकेन स्टेशनमा १० प्रतिशत र सोहि ठाउँको सोलमारी रेष्ट्रो एण्ड मिटिङमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत वित्र्तामोडको मेडिसिटी फार्मेसीमा १० प्रतिशत, जनकपुरको रामजानकी हस्पिटलमा १५ प्रतिशत छुट, इमाडोलको नमो मनोकामना डेन्टल एण्ड क्लिनिकमा २५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ । त्यस्तै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले विराटनगरको पिपलचोकमा रहेको तानासा फेशन स्टुडियोमा १५ प्रतिशत छुट पाउनेछन् । जिम÷फिटनेस सेन्टर अन्र्तगत सेप फिटनेश जिम ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशतसम्मको छुट रहेको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS