IME Life New

बैंक अफ काठमाडौंबाट दक्षिणा पठाउँदा ३०० सित्तैमा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ ।

बडा दशैँमा साधारणतया आफ्नो मान्यजनहरूबाट आशिर्वाद लिई दक्षिणा स्वरूप पैसा लिनेदिने चलन चल्दै आएको छ । व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले यस बैंक अफ काठमाण्डू लिमिटेडले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो ।

Esewa
Crest

साथै, चाडपर्वलाई हर्ष उल्लासको साथ मनाउन बैंकको ग्राहकहरूले तिन पटक भिन्न भिन्न व्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार वा सो भन्दा बढि भएमा ३ सय रूपैयाँ नगद उपहार लागि ग्राहकहरू योग्य हुनेछन् । जसको कारणले विश्वमा नै फैलिरहेको कारोना भाइरस रोकथामको लागि सहयोग पुग्नुको साथै चाडबाडलाई कारोना भाईरस संक्रमणको बाहक हुन नदिनको ग्राहकहरूलाई दक्षिणा दिँदा बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी नगद उपहारबाट लाभान्वित बैंकले अनुरोध गरेको छ ।

साथै, यस योजनामा सहभागी हुनको लागि ग्राहकहरूले निम्न लिखित शर्तहरूको पालना गर्नुपर्नेछ ।

ग्राहकहरूले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ ।

ग्राहकहरूले रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ती फरक फरक हुनुपर्नेछ ।

उक्त दक्षिणा प्रदान गर्दा ग्राहकहरूले ३ कारोबार गर्दा १ हजार रूपैयाँ वा सो भन्दा बढी हुनुपर्नेछ ।

ग्राहकहरूले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको ँयलभएबथ मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरूप रकमान्तर गर्नुपर्नेछ ।

यो योजनामा सहभागी हुन ग्राहकहरूले नेपालीहरूको महान चाड विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS