IME Life New

बैंकिङ प्रणालीमा तरलता फालाफाल, फेरि १० अर्ब खिच्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकल फेरि १० अर्ब रुपैयाँ खिच्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट फेरि १० अर्ब रुपैयाँ तान्न लागेको हो। योसहित मंसिर महिनाको अहिलेसम्म चौथोपटक निक्षेप संकलन उपकरण प्रयोग गरी अधिक तरलता व्यवस्था गर्न लागेको हो।

Esewa
Crest

यो निक्षेप संकलन उपकरणको बोलकबोल आउँदो आइतबार (मंसिर १७ गते) गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।

यो ७ दिने निक्षेप संकलन उपकरणको आउँदो मंसिर २४ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ।

यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोगरी गत मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS