IME Life New

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. ३५ अर्ब निक्षेप, कर्जा प्रवाहमा पनि उल्लेख्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ३५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत असोज ३० गते बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिन ३५ अर्ब रुपैयाँ थपिएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन असोज २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६६ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो।

Esewa
Crest

असाज ३० मा वाणिज्य बैंकहरुको निक्षेप २७ अर्ब रुपैयाँले बढेर ५९ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५८ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार असोज ३० गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुबाट २७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५२ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५२ खर्ब ६६ अर्ब रुपैयाँ थियो।

असोज ३० मा बैंकहरुको औसत सीडी रेसियो ७८.१४ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS