IME Life New

बैंकिङ प्रणालीमा अधिक तरलता झन्डै रु. १ खर्ब, एक सातामै थपियो रु. ३९ अर्ब निक्षेप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणाली निक्षेप थपिने क्रम जारी रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप ६३ खर्ब रुपैयाँ नाघेको छ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलका अनुसार हाल बैंकिङमा ९९ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। कर्जाको माग सुस्ताउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेर झन्डै १ खर्ब पुगेको हो।

Esewa
Crest

राष्ट्र बैंकअनुसार पछिल्लो एक साताको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ३९ अर्ब रुपैयाँले बढेको छ। असार ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६२ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ६३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ।

यो साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ४० अर्ब रुपैयाँले बढेको छ। असार ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५५ खर्ब ५७ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ५५ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि २५ अर्ब रुपैयाँले बढेको छ। असार ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५१ खर्ब ३५ अर्ब रुपैयाँ थियो। असार १४ गतेसम्म कुल कर्जा लगानी बढेर ५१ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ।

बैंकहरुको औसत सीडी रेसियो ७९ प्रतिशत झरेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS