IME Life New

‘बैंकास्योरेन्स सम्बन्धी ऐन नहुँदा दुरुपयोग, परिणाम राष्ट्र बैंकको अंकुश’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकले बीमाको कारोवार गर्न नपाउने व्यवस्था गरेकोप्रति नेपाल बीमक संघले औपचारिक कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपि संघका एक पदाधिकारीले भने ऐनको अभावमा बैंकास्योरेन्सको दुरुपयोग बढ्दा केन्द्रीय बैंकले अंकुश लगाउन बाध्य भएको हो ।

‘बैंकमार्फत बीमाको कारोबार फोर्सफूल्ली हुन थालेको सम्बन्धमा गुनासोहरु आएका थिए, सोही आधारमा केन्द्रीय बैंकले फोर्सफुल्ली नगर्नु भनेको होला, रोकेको त होईन, इथिकल प्राक्टिसमा जान भनेको हुनुपर्छ ।’ नेपाल बिमक संघका सचिव चंकी क्षेत्रीले इन्स्योरेन्स खवरलाई प्रतिक्रिया दिँदै भने ।

Esewa
Crest

सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ तथा संघका सचिव क्षेत्रीले भने, ‘अन्तर्राष्ट्रिय प्रचलन हेर्नुहुन्छ भने बैंक र बीमा कम्पनी मिलेरै कारोबार गर्ने हो । बीमाको कारोबार विश्वभर नै एजेन्टमार्फत नै हुन्छ । नेपालमा ऐन छैन, सुरु सुरुमा आम्दानीको स्रोत प्रमाणित नगरी बीमा गरेको कुराहरु पनि आएका छन् । मौद्रिक नीतिमा त्यसैको रिफ्लेक्सन होला ।’

उनले बैंकास्योरेन्स अभ्यास अन्य विकसित देशहरुमा धेरै भएको, भर्खर भर्खर नेपालमा सुरु हुँदा अलि अन्योल र दुरुपयोग दुवै भएको बताए । केही ठाउँमा बलपूर्वक ऋण लिन आएका ग्राहकलाई बीमा गराएको कुरा बाहिर आएको छ । यसले इच्छाएको बीमा कम्पनीमा बीमा गर्नु उसको अधिकार भएको बताए । यो समस्या लाईफ इन्स्योरेन्समा भएको बताउँदै उनले यस्तो अभ्यास नेपालमा हुन बाँकी रहेको समेत जनाए । बीमा गर्दा आम्दानीको स्रोत पुग्छ वा पुग्दैन ? भन्ने प्रश्न पनि महत्वपूर्ण हुने सचिव क्षेत्रीले बताए ।

अर्का एक बीमा कम्पनीका सञ्चालकले भने बैंकहरुले ऋण लिन जाँदा यति रकमको बीमा फलानो कम्पनीमा गर्नै पर्छ भनेर दवाव दिएका कारण समस्या आएको दावी गरेका छन् । ऋण लिन आएका व्यक्तिलाई भटाभट बीमा गराएर पठाउने गरेका कारण समस्या बढेको र सिंगो व्यवसायलाई बदनाम गराउने काम गरेको एक सञ्चालकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए ।

उता, संघका सचिव क्षेत्रीले भने बैंक थ्रो बीमा गर्नु भनेको राम्रो भएको बताउँदै यसले सामाजिक रुपान्तणमा समेत भूमिका निर्वाह गर्ने बताए । उनले बैंकान्योरेन्सले जनचेतना बृद्धि हुने, दुर्घटना बीमा बढ्ने, बीमाको पहुँचमा बृद्धि हुने तथा पूँजी निर्माण हुने बताए ।

क्षेत्रीले भने, ‘सुरक्षावरण गर्ने हुँदा साना तथा मझौला व्यवसायीहरुको परिवारलाई समेत सुरक्षावरण गर्ने हुँदा नेपालको सामाजिक संरचना अनुसार एक जनामाथि सिंगो परिवार निर्भर छ, बीमा छैन भने त्यसले अर्को खालको विकृति पनि ल्याउँछ । पेईङ क्यापासिटी हेरेर प्रिमियम भुक्तानी गर्ने क्षमताको आधारमा बीमा गर्नुपर्दछ । त्यसको गणना एजेन्टमार्फत गर्दा राम्रो र भरपर्दो हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS