IME Life New

बैंकहरुमा निक्षेप सवा ६६ खर्ब, कर्जा कति गयो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप सवा ६६ खर्ब रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकले पछिल्लो तथ्यांकअनुसार असोज २० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब २५ अर्ब रुपैयाँ पुगेको हो। असोज २० मा मात्रै बैंकिङ प्रणालीमा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। अघिल्लो दिन असोज १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब १३ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

असोज २० मा वाणिज्य बैंकहरुको निक्षेप एकैदिन १२ अर्ब रुपैयाँले बढेको छ। वाणिज्य बैंकहरुको कुल निक्षेप ५८ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५८ खर्ब ८७ अर्ब रुपैयाँ थियो।

असोज २० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५२ खर्ब ५९ अर्ब रुपैयाँ थियो। कर्जा प्रवाह एकैदिन ८ अर्ब रुपैयाँले बढेको छ।

असोज २० मा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ७८.१५ प्रतिशत रहेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७८.१६ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS