IME Life New

बैंकमार्फत भएको बीमाको प्रचारप्रति बीमा समितिको ध्यानाकर्षण, सर्वपक्षीय छलफल गरिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुले निःशुल्क तथा सित्तैमा बीमा भन्दै व्यापार प्रचार प्रसार जारी राखेपछि बीमा समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । साथै समितिले सर्वपक्षीय छलफल गरेर बैंकमार्फत भइरहेको बीमाको प्रचारबारे थप जनचेतना जगाउने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

बैंकले आफना निक्षेपकर्तालाई ‘निःशुल्क’ तथा ‘सित्तैमा’ बीमा भन्दै लोभ देखाएर बैंकको व्यापार चम्काउन थालेपछि बीमा समितिको ध्यानाकर्षण भएको कार्यकारी निर्देशक पौडेलले इन्स्योरेन्स खवरलाई बताए । ‘बीमा सित्तैमा पाइने चिज रहेछ भनेर बीमा कम्पनीप्रति नै आम मानिसको फरक दृष्टिकोण नहोस् भन्नाका लागि सबैलाई बोलाएर छलफल गर्ने भएका छौं’ कार्यकारी निर्देशक पौडेलले भने ।

Esewa
Crest

बाणिज्य तथा विकास बैंकहरुले पछिल्लो समय बिरामी हुँदा, घातक रोग तथा दुर्घटनाबापतको उपचार निशुल्क भन्दै निक्षेपकर्ताहरुलाई ‘स्किम’ जारी गर्न थालेपछि अध्ययन टोली नै गठन गरेर समितिले छानबिन अघि बढाएको पौडेलले बताए ।

बीमा कम्पनीहरु मार्फत नै बैंकहरुले बीमा स्कीम सार्वजनिक गरिरहेका छन् । बीमा गर्नको लागि बैंक नै रोज्ने गलत प्रवृति विकास हुन नदिन छानबिन टोली गठन गरी अघि बढ्ने तयारी भइरहेको कार्यकारी निर्देशक पौडलले बताए ।

समितिले बैंक र बीमा कम्पनीले कुन आधारमा उक्त कार्य गरिरहेका हुन् भन्नेबारे छानबिन गर्न समितिका बीमा विज्ञ भोजराज शर्मा र कार्यकारी निर्देशक राजुरमण पौडेलसहितको अध्ययन टोली गठन गरेको छ ।

बीमा समितिले बीमा कम्पनीहरुलाई मात्रै नियमन गर्नसक्ने भएकोले बीमा कम्पनीमार्फत छानविन हुन लागेको हो । टोलीले छानविन पश्चात् एक प्रतिवेदन तयार गर्ने र त्यसको आधारमा दोषी देखिएकालाई कारवाही गर्न सिफारिस गर्ने समिति सूत्रको दावी छ ।

बैंकहरु दोषी देखिए सोही कार्यदलले नेपाल राष्ट्र बैंकलाई आवश्यक कारवाहीको लागि सिफारिस गर्नेछ ।बीमा कम्पनीले कसरी बैंकहरुलाई जिम्मा दिएका छन् वा बैंकहरुले कसरी बीमा दिने घोषणा गरेका हुन्, त्यसको अध्ययन भइरहेको समितिले जनाएको छ ।

बैंक एक संस्थागत अभिकर्ता मात्र रहने हुँदा आगामी दिनमा बैंकले बीमा कम्पनीको नाम सहित बीमा योजनामा आफना निक्षेपकर्तालाई जानकरी दिदाँ अझ स्तरीकृत हुने र अध्ययन टोलि बिच यसै बिषयमा छलफल हुने बीमा विज्ञ भोजराज शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS