IME Life New

बैंककाे ऋण तिर्न श्रीमानले मरेकाे नाटक गरे, श्रीमतिले लिइन् कराेडाैंकाे दाबी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। जीवन बीमा दाबीमा धोखाधडीको विश्व चर्चित कुख्यात घटनामध्ये एक ब्रिटिश जोडी जोन र एनी डार्विनले गरेकाे मृत्यु दाबीकाे घटना पनि हो । यी दुबैकाे कुकृत्यले फर्जी बीमा दाबी विरूद्ध जनचेतना अभिवृद्धिका लागी निर्मित धेरै वृत्तचित्रहरूकाे निर्माणमा प्रेरित समेत गरेको छ।

घर, गाडी र बिलाशितापूर्ण जीवन यापनका लागी अनावश्यक बै‌ंक ऋण लिएर फजुल खर्च गरेपछि ऋणकाे चपेटामा परेका यी बेलायती दम्पत्तीले बेलायती जीवन बीमा कम्पनी ब्रिटमा मृत्यु दाबी भुक्तानी माग्ने याेजना बनाए । र यही याेजना अन्तर्गत श्रीमान् जाेन कथित क्यानाेइङ (नदी वा समुद्री छालमा एक्लै नाैका बिहार गर्ने नाउ) दुर्घटनामा परेर मृत्यु भएकाे नाटक गरे ।

Esewa
Crest

सन् २००२ मा कथित दुर्घटनामा परेर आफ्नाे पति जाेनकाे निधन भएकाे आधारमा एनी डार्विनले जीवन बीमक ब्रिटसँग ६ लाख ८० हजार बेलायती पाउण्ड (हालकाे विनिमय दर अनुसार ९ कराेड ६२ लाख नेपाली रुपैयाँभन्दा बढी) दाबी हात पारिन् । यति ठूलाे रकम हात पारेपछि एनीले बैंककाे सबै कर्जा चुक्ता गरिन् । त्यसपछि एनी आफ्नाे कथित मृतक पति जाेनसँगै पनामा टापुमा नक्कली पहिचानकाे आधारमा नयाँ जीवन शुरु गरे ।

अपराध लामाे समयसम्म लुकाउन सकिन्न भन्ने यथार्थ भएकाले यी दम्पत्ती अन्ततः पनामा टापुबाट नै पक्राउ परे। उनीहरुलाई बीमा कम्पनीले सामाजिक सञ्जालमा फेला परेकाे ताजा पाेष्टकाे आधारमा पनामामा मृतक भनिएका जाेन र उनकी श्रीमति सँगसँगै रहेकाे पत्ता लगाए पछि प्रहरीकाे सहयाेगमा पक्राउ गरे । उनीहरुलाई बीमा दाबीमा कपट गरेकाे अभियाेगमा बेलायती अदालतले छ‍-छ वर्षको जेल सजाय सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

23%
happy

खुसी

0%
sad

दु :खी

62%
amazed

अचम्मित

15%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS