IME Life New

बेलायती नवनिर्वाचित प्रधानमन्त्रीकी श्रीमति अक्षताले एउटै कम्पनीबाट कमाउँछिन् रु.२०२.५७ करोड लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बेलायती नवनिर्वाचित प्रधानमन्त्री ऋषि सुनककी पत्नी अक्षता मूर्तीले पैतृक सम्पत्तिवापत पाएको शेयरबाट २०२२ मा मात्र भारु १२६.६१ करोड (२०२.५७ करोड रुपैयाँ) नगद लाभांश रकम बुझेकी (कमाएकी) छिन् ।

भारतको दोश्रो ठूलो सूचना प्रविधि कम्पनी इन्फोसिसमा रहेको ०.९३ प्रतिशत शेयरवापत यति ठूलो रकम लाभांश कमाएकी हुन् ।

Esewa
Crest

अक्षता इन्फोसिसका सह-संस्थापक नारायण मूर्तिकी छोरी हुन् । अक्षताको यूके बाहिरको आयमा करको विषयले विवाद उत्पन्न गरेको थियो।

मंगलबारको मुम्बई स्टक एक्सचेन्ज (बीएसई) मा रु १,५२८.४० को कारोबार मूल्यमा उनको लगानीको पूँजीकरण भारु ५,९५६ करोडको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

6%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS