IME Life New

बेलायतस्थित नेपाली समुदायलाई लगानी बोर्ड मार्फत विकासमा आउन , अर्थमन्त्रीको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दर्जनभन्दा बढि बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसंग छलफल गरेका छन् । ब्रिटिश एक्सपर्टिज इन्टरनेशनल (बिईआई) ले आयोजना गरेकोे नेपालमा लगानीको अवसर विषयक कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा लगानीको अवसर, वातावरण र सम्भावनाका बारेमा स्पष्ट पारेकोे हो ।

Esewa
Crest

मन्त्री खतिवडाले नेपालमा लगानीको लागि उपयुक्त गन्तव्य भएको भन्दै लगानी गर्दाका सापेक्षित लाभहरु बारे बेलायतस्थित नेपाली लगानीकर्तालाई जानकारी गराउका छन् ।

नेपालमा लगानीका लागि सरकारले लगानी बोर्डलाई विशिष्टिकृत संस्थाको रुपमा विकास गरेकाले त्यसै मार्फत ठूला व्यवसायी तथा लगानीकर्तालाई सोही बोर्ड मार्फत एकद्वार सेवा उपलब्ध गराउने पनि उहाँले स्पष्ट पार्नुभयो । सम्बन्धित कानूनको परिर्माजन र तर्जुमा नीतिगत तथा प्रशासनिक सुधार गरी लगानी प्रवद्र्धन गर्ने मैत्रीपूर्ण वातावरणको निर्माण गरेको उहाले बताएका छन् ।

लगानी सम्मेलन बाहेक वैदेशिक लगानी प्रर्बद्धनका नियमित क्रियाकलाप के–के छन् भन्ने जिज्ञासामा अर्थमन्त्री खतिवडाले नियमित रुपमा विदेशस्थित नेपाली नियोगलाई आर्थिक कुटनीतिको लागि परिचालन गर्ने, सूचना प्रविधिको अधिक उपयोग गर्दै लगानी बोर्ड, उद्योग मन्त्रालय आदिका वेभसाइत मार्फत लगानी प्रवर्द्धनात्मक क्रियाकलाप संचालन गर्नेलगायत सरकारका नीति कार्यक्रम तथा वार्षिक बजेट मार्फत यसको सम्बोधन गर्ने विषयमा संघमा आवद्ध संस्थालाई प्रष्ट पारेका छन् ।

कार्यक्रममा नेपालमा गरिने लगानीको सुरक्षा र सहज वातावरण दिन सरकार तयार रहेको समेत विश्व समुदायलाई विश्वास दिलाउनुभयो । चैत १५ र १६ गते नेपाल ठूला लगानी कर्ता आकर्षित हुन भन्नको लागि आयोजना हुन लागेको लगानी सम्मेलनको पूर्व तयारी स्वरुप खतिवडा बेलायत गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS