IME Life New

बेलकोटगढीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक लिमिटेडले नुवाकोट जिल्लाको नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ स्थित माझगाउँमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सो शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा महेश्वर भुर्तेललाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले बताएको छ । यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा लिन सकिने बैंकले जनाएको छ ।

Esewa
Crest

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच पु¥याउने उद्देश्यले बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकले हाल १ सय ३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउन्टर र १ सय ६१ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS