IME Life New

बेमौसमी वर्षाले करोडभन्दा बढीको इँटामा क्षति, इँटा उद्योगलाई छैन बीमाको ओत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो तीन दिन यता भएको बेमौसमी वर्षातका कारण रौतहट र सर्लाही जिल्लामा संचालनमा रहेका इँटाभट्टा उद्योगमा ठूलो क्षति पू-याएको छ । इट्टाभट्टा संचालकहरुका अनुसार बेमौसमी भारी वर्षातका कारण खुल्ला आकाशमुनी चाङ लगाएर सुकाउन राखिएका ६० करोड रुपैयाँभन्दा बढी मूल्यको काँचो इँटा नोक्सानी भएको छ।

रौतहटको १६२ र सर्लाहीको ९० वटा इँट्टा उद्योगमा खुल्ला आकाशमुनी भण्डारण गरेर राखिएका माटोको इँटा कामै नलाग्ने गरी बिग्रिएको छ । कतिपय ठाउँमा काँचो इँटा पग्लिएर हिलोमा परिणत भएको छ । वीरगंजका इँटा व्यवसायी संजय आचार्यका अनुसार इँट्टा उद्योगहरुको काँचो बीमाको व्यवस्था नहुँदा वर्षेनी व्यापारीहरु ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य छन् । पीडित व्यापारीहरुले गुनासो गर्दैे भने, हामीबाट सरकारले करवापत ठूलो रकम असुल्छ, तर यस्तो संकटको अवस्थामा हामीलाई सरकारले सुन्दैन ।

Esewa
Crest

खुल्ला आकाशमुनी भण्डारण गरिने र सामान्य वर्षातले समेत ठूलो नोक्सानी पु-याउने भएकोले बीमा कम्पनीहरु परम्परागत काँचो इँटाको बीमा जोखिम स्वीकार्दैनन् । बीमा समितिले समेत इँटाभट्टाको बीमा सम्बन्धमा कुनै स्पष्ट व्यवस्था गरेको छैन । छानामुनी भण्डारण गरेर राखिएका वा चिम्नीभित्र आगोमा पोल्न भण्डारण गरेर राखिएका इँटाको जोखिम बहनको लागी बीमा गर्न सक्ने भएपनि नेपालमा माटोको काँचो इँटाको जोखिम बहन सम्बन्धी सेवा उपलब्ध छैन ।

छिमेकी मुलुक भारतमा छानोमुनी सुरक्षितरुपमा भण्डारण गरेर राखिएका इँटा वर्षात वा बाढी डुबानका कारण क्षति पुग्न गएकोमा अवस्थामा क्षतिपूर्ती दिने व्यवस्था रहेको छ । तर खुल्ला आकाशमुनी भण्डारण गरेर राखिएको काँचो इँटाको नोक्सानीको जोखिम बहन हुँदैन । भारतको चण्डीगढमा अवस्थित हाँडा ब्रिक इण्डष्ट्रिजले अक्टोबर १२ सन् २०१७ मा यूनाइटेड इण्डिया इन्स्योरेन्स कम्पनी विरुद्ध क्षतिपूर्ती दाबी सम्बन्धमा दायर गरेको मुद्दामा प्रदेश स्तरिय विवाद समाधान समितिले निर्णय सुनाएको थियो।

बीमालेख बमोजिमको दाबी प्राप्त हुनुपर्ने भएपनि बीमा कम्पनीले क्षतिपूर्तीवापतको दाबी भुक्तानी नदिएको भन्दै ब्रिक इण्डष्ट्रिजले मुद्दा दायर गरेको थियो । तर चिम्नीको छानो चुहिएर चिम्नीको भट्टाभित्र पानी भरिएर इँटा नोक्सान भएको दाबी गर्दै युनाइटेड इन्स्योरेन्सले पुरै दाबी भुक्तानी गर्न अस्वीकारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS