IME Life New

बेपत्ता मलेसियाली विमानको अवस्था १० वर्षदेखि अज्ञात, बेलायती पाइलटको आश्चर्यजनक दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १० वर्षअघि मार्च महिनामा बोइङ ७३७ यात्रुवाहक विमान एमएच ३७० मलेसियाको क्वालालम्पुरबाट बेइजिङका लागि उडेको थियो। तर, आजसम्म गायब छ। आजसम्म संसारभरका मानिसहरुका लागि यो रहस्य नै बनेको छ कि त्यो विमानको के भयो ?

उडान भरेको केही समयपछि उक्त विमान रडार नक्साबाट गायब भयो र फेरि कहिल्यै फेला परेन। कति खोजी अपरेसन गरियो तर विमानको कुनै पत्ता लागेन। यस विमानका बारेमा धेरै दाबी गरिएको थियो तर वास्तविक सत्य कहिल्यै बाहिर आएको छैन।

Esewa
Crest

अहिले एक बेलायती बोइङ ७७७ पाइलटले एमएच ३७० को पाइलटले विमान गायब योजना बनाएको दाबी गरेका छन्। बेलायती पाइलट साइमन हार्डीले विमानको टेक अफ कागजातका आधारमा यस्तो दाबी गरेका हुन्। हार्डीले भने, ‘एमएच३७० विमानको उडान योजना र प्राविधिक लगहरुले कार्गोमा अन्तिम मिनेटमा धेरै परिवर्तन भयो। जसमा ३ हजार किलोग्राम इन्धन र अतिरिक्त अक्सिजन थपिएको थियो। यसले संकेत गर्दछ कि क्याप्टेन जाहरी अहमद शाहले विमान गायब बनाउने योजना बनाएका थिए।’

हार्डीले सन् २०१५ को खोज अभियानमा अस्ट्रेलियन यातायात सुरक्षा ब्युरोसँग काम गरेका थिए। हार्डीले एमएच३७० विमान बेपत्ता हुनुलाई सामूहिक हत्या वा आत्महत्या भनेका छन्। हार्डीले भने, ‘यो अनौठो संयोग हो कि विमान बेपत्ता हुनुअघि गरिएको अन्तिम इन्जिनियरिङ कार्य चालक दलको अक्सिजन टप अप गरिएको थियो।’

हार्डीले रियुनियन टापुमा फेला परेको फ्ल्यापेरोनले उडानको अन्तिम समयसम्म पाइलट सक्रिय रहेको संकेत गरेको दाबी गरे। ‘त्यहाँ तरल इन्धन भेटिएको थियो’, उनले भने, ‘यदि फ्ल्यापहरु तल थिए भने यसको मतलब कसैले लिभर चलिरहेको थियो र यो के हो र यसले के गर्छ भनेर थाहा पाउने व्यक्ति नै हुनुपर्छ। यो सबै एउटै परिदृश्यलाई औँल्याउँछ।’

उक्त विमानको पाइलटले दुर्घटनाको समयका लागि होसियारीपूर्वक योजना बनाउनु र समुद्रको सतहमा इन्धनको निशान छोड्नबाट बचाउने उद्देश्य राखेको हुन सक्ने हार्डीले भनाइ। हार्डीले क्याबिनको दबाबलाई औँल्याए र पाइलटले विमानमा सवार २३९ यात्रुलाई बेहोस बनाउन खोजेको आशंका व्यक्त गरे।

स्याटेलाइटबाट प्राप्त प्रमाणका आधारमा हराएको विमान दक्षिणी हिन्द महासागरको गिल्भानिक फ्याक्चर जोनमा कतै हुन सक्ने हार्डीको अनुमान छ। ‘जुन सयौँ माइल लामो खाडल भित्र हुन सक्छ’, उनले भने। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS