IME Life New

बेनीमा भिजन सेक्युरिटिजको पुँजीबजार सचेतना अभिवृद्धि कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । म्याग्दी उद्योग वाणिज्य संघ, नेपाल धितोपब बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ र भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४) को आयोजनामा बुधबार म्याग्दी वेनीमा लगानीकर्ता सचेतना अभिवृद्धि, प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

म्याग्दी उद्योग वाणिज्य संघको पहल तथा नेपाल धितोपत्र वोर्ड र भिजन सेक्युरिटिज सहकार्यमा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी एवं लगानीकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम प्रमुख अतिथि म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल क्षेत्री थिए।

Esewa
Crest

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशकद्वय भुपती पाण्डे र श्यामु मण्डल, म्यग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, द्वितीय उपाध्यक्ष लीलाराम गौतम, भिजन सेक्युरिटिजका राफसाफ अधिकृत अमोल बास्कोटा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेललगायतको उपस्थिति थियो।

कार्यक्रममा अध्यक्ष कटुवालले लगानी गर्नुपूर्व सम्वन्धित विषयको जानकारी लिएर मात्र लगानी गर्नुपर्नेमा जोड दिए। नेपालको शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा शेयर कारोवार गराउने संस्था भिजन सेक्युरिटिजको सहकार्यमा वेनीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना भएकोमा सहकार्य गर्ने संस्थालाई उनले धन्यवाद व्यक्त गरे।

धितोपत्र वोर्डका निर्देशक पाण्डेबाट प्रशिक्षण दिइएको कार्यक्रममा शेयर बजार जोखिमको क्षेत्रसमेत भएकोले लगानी गर्नुपूर्व के–कस्ता विषयमा ध्यान दिनु पर्दछ र कसरी कारोबार गर्ने भन्ने विषयमा धितोपत्र वोर्डका निर्देशक मण्डलले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा लगभग ७५ जना लगानीकर्ताहरुको सहभागिता थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS