IME Life New

बेइजिङलाई पछि पार्दै मुम्बई बन्यो एसियाकै अर्बपतिको राजधानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको आर्थिक राजधानी मुम्बई एसियाकै अर्बपतिको राजधानी बनेको छ। चीनको राजधानी बेइजिङलाई पछि पार्दै मुम्बईले पहिलोपटक यो स्थान हासिल गरेको हो। मुम्बईको ६०३ वर्गकिलोमिटर क्षेत्रफलमा ९२ अर्बपति बसोबास गर्छन् भने बेइजिङको १६ हजार वर्गकिलोमिटर क्षेत्रमा ९१ अर्बपति छन्।

हुरुन रिसर्चको २०२४ ग्लोबल रिच लिस्टअनुसार पछिल्लो एक वर्षमा मुम्बईमा २६ जना नयाँ व्यक्ति अर्बपति बनेका छन् भने बेइजिङमा १८ जना यस अवधिमा सूचीबाट बाहिरिएका छन्। चीनमा ८१४ अर्बपति छन् भने भारतमा २७१ अर्बपति छन्।

Esewa
Crest

मुम्बई अब यो सूचीमा विश्वव्यापी रुपमा तेस्रो स्थानमा पुगेको छ। न्युयोर्क पहिलो स्थानमा छ। न्युयोर्कमा ११९ अर्बपतिको बसोबास छ भने लन्डन दोस्रो स्थानमा छ, जहाँ ९७ जना अर्बपति छन्। अर्बपतिहरु ती व्यक्ति हुन् जससँग १ अर्ब डलरभन्दा बढीको सम्पत्ति छ।

रिपोर्टका अनुसार मुम्बईका कुल ९२ जनाको सम्पत्ति एक वर्षमा ४७ प्रतिशतले बढेर ४४५ अर्ब डलर पुगेको छ। योसँगै चीनको राजधानीमा अर्बपतिहरुको सम्पत्ति २८ प्रतिशतले घटेर २६५ अर्ब डलर पुगेको छ।

भारतमा हाल २७१ अर्बपति छन्। तर, विश्वका शीर्ष २० धनी व्यक्तिहरुमा दुईजनामात्र भारतीय छन्। यीमध्ये रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी ११ नम्बरमा र अडानी समूहका अध्यक्ष गौतम अडानी १८ नम्बरमा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS