IME Life New

बुर्ज खलिफाबाट खोसिन सक्छ विश्वकै अग्लो भवनको ताज, थाइल्यान्डले बनायो यस्तो मास्टर प्लान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा हो। तर, अहिले योभन्दा पनि ठूलो भवन बनाउने योजना बनिरहेको छ। जसको अगाडि बुर्ज खलिफा पनि सानो देखिनेछ।

यो महत्वाकांक्षी परियोजना थाइल्यान्डमा आकार लिनेछ। दुबईमा रेकर्ड तोड्ने टावर निर्माण गर्ने कम्पनीले बैंककमा यो विशाल भवन बनाउन सक्छ। थाई प्रधानमन्त्री श्रेष्ठ थाभिसिनले शुक्रबार आफ्नो एक्स (ट्विटर) अकाउन्टमा चिनियाँ र मध्यपूर्वी कम्पनीहरुसँगको बैठकको विवरण सार्वजनिक गर्दै यो घोषणा गरेका हुन्।

Esewa
Crest

यस आयोजनाको ठ्याक्कै उचाइ र लागतको बारेमा स्पष्ट जानकारी छैन। तर, यो मेगास्ट्रक्चरले बुर्ज खलिफाबाट विश्वकै अग्लो भवनको उपाधि खोस्ने बताइएको छ। यो टावरको नाम के होला थाहा छैन। तर, एउटै टावरमा अफिस, होटेल र मनोरञ्जन केन्द्र हुनेछ। यो परियोजनामा मनोरञ्जन केन्द्र, क्यासिनो, ठूलो वित्तीय केन्द्र र डिपार्टमेन्ट स्टोरहरु समावेश हुनेछन्।

बुर्ज खलिफा इमार ग्रुपले निर्माण गरेको हो। इमार ग्रुपले अब बुर्ज खलिफाभन्दा ठूलो भवन बनाएर आफ्नै कीर्तिमान तोड्न सक्नेछ।

ब्लुमबर्ग रिपोर्टका अनुसार थाइल्यान्ड सरकारका प्रवक्ता चाई वाच्रोन्केले भनेका छन्, ‘प्रधानमन्त्रीले इमार ग्रुपसामु एउटा चुनौती दिएका छन् कि उसले यहाँ पनि एउटा टावर बनाओस्, जुन दुबईको टावरभन्दा अग्लो हुनेछ।’

इमार ग्रुपले पनि यो चुनौतीलाई अस्वीकार गरेको छैन। कम्पनीका संस्थापक मोहम्मद अलब्बरले सुपर टावरका लागि वार्ता प्रारम्भिक चरणमा रहेको बताए। उनले यो परियोजना सार्वजनिक व्यापारिक फर्ममा नभई लगानीकर्ताको समूहले निर्माण गर्ने जानकारी दिए।

बुर्ज खलिफाको उचाइ ८२८ मिटर छ। यो संसारको सबैभन्दा अग्लो भवन हो। यसमा दुईवटा अवलोकन डेक छन्, जसलाई एट द टप भनिन्छ। जुन १२४ औँ र १४८ औँ तलामा अवस्थित छन्। त्यहाँ उभिएर पूरै दुबईको दृश्य देख्न सकिन्छ।

बुर्ज खलिफाभन्दा अग्लो भवन बनाउने चर्चा पहिलोपटक होइन। साउदीले विश्वको सबैभन्दा अग्लो भवन पनि बनाउन खोजेको थियो। जसको निर्माण अचानक रोकिएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS