IME Life New

बीमा सर्भेयरको गुनासोः ‘सरकार, बीमा कम्पनी र बीमितको पेलान बढि भो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमै बीमा दावी भुक्तानी छरितो बनाउने घोषणा गरेको छ । बीमा समितिले पनि बीमा सर्भेयरलाई १५ दिनभित्र प्रारम्भिक प्रतिवेदन बुझाउनुपर्ने नयाँ व्यवस्था लागू गरेको छ । पछिल्लो केही समयदेखि बीमा सर्भेयरको काम कारवाहीलाई लिएर बीमा समिति, बीमा कम्पनी तथा सरकारले समेत चासो देखाइरहेका बेला बीमा सर्भेयरहरुको छाता संगठन बीमा सर्भेयर संघ नेपालका अध्यक्ष सूर्य प्रसाद जोशीले भने बीमा सर्भेयरहरु बीमित, बीमा कम्पनी, बीमा समिति र सरकार सबैको पेलानमा परेर कामै गर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका छन् ।

अध्यक्ष जोशीले भने, ‘उचित संरक्षण नभए अबको केही बर्षमा बीमा सर्भेयरकै अभाव हुनेछ ।’ बीमा सर्भेयर उच्च बौद्धिक व्यक्तित्व हुन् । उनीहरुलाई कामै नगरेको, घुस खाने गरेको जस्ता आरोपहरुका कारण काम गर्ने वातावरण नभएको उनीहरुको गुनासो छ । एक बीमा सर्भेयरले भने, ‘एउटै घटनाको प्रतिवेदन बनाउन महिनौं दिनदेखि बर्षौदिनसम्म लाग्ने गर्दछ । पाँच वटा भन्दा बढि पेण्डिङ राख्न नपाइने व्यवस्था छ । अब कसरी काम गर्ने ? पेशा छोड्ने अवस्था आइसकेको छ ।’ ति सर्भेयरले आफूहरु अन्यत्र काम नपाएर बीमा व्यवसायमा आएको जसरी हेप्ने र अपमानित गर्ने गरिएको गुनासो गरेका छन् ।

Esewa
Crest

बीमा सर्भेयर संघका अध्यक्ष जोशी पनि १५ दिनभित्र प्रतिवेदन दिनुपर्ने अव्यवहारिक भएको बताउँछन् । उनी भन्छन्, ‘मानिस मरेको हकमा १३ दिनको काजक्रिया गर्ने समय दिनै पर्यो, १४ औं दिनमा पुगेर अध्ययन सुरु गर्दा १५ दिनमा कसरी प्रतिवेदन बुझाउने ?’ बीमा समितिले सुझाव पेश गर्न भनेपछि संघ यस्तै व्यवहारिक कठिनाईका विषयहरु समेटेर सुझाव पेश गर्ने भएको छ ।

अधिकांश बीमा सर्भेयरको गुनासो बीमितले काजगात समयमा नदिने, आंशिक दिएर अपूर्ण राखिदिने, कागजात हरायो भनिदिने गरेकाले पनि समस्या परिरहेको छ । कतिपय बीमितले बीमाको शर्त र तथा मन्जुरीनामा गरेर पोलिसी किन्दा कुनै कुरा सोधखोज नगर्ने र क्षति भएपछि किन ? कसरी ? के कारणले भनेर हैरान पार्ने गरेका छन् । क्षति मूल्याङ्कन प्राविधिक काम भएकाले प्राविधिक रुपमा सम्पन्न गरी प्रमाणित तथ्यका आधारमा सिफारिस गर्नुपर्ने भएकोले कुनै कुनै विषयमा समय लाग्ने बीमा सर्भेयरहरुको भनाई छ ।

संघका अध्यक्ष जोशी भन्छन्, छिटो हुने काम कुनै पनि सर्भेयरले रोक्दैनन् । हामीलाई पनि चाँडै काम सकेर चाँडै भुक्तानी लिन मन हुन्छ । काजगात पुगेका हकमा तत्कालै पनि हुन्छ । तर, सामान क्षति भएको भनिन्छ, तथ्य प्रमाण नबुझी सिफारिस गरेर अनैतिक काम बीमा सर्भेयरले गर्न सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS