IME Life New

बीमा सचेतनाको लागि तात्यो बीमा समिति रेडियो नेपालसँग गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समिति र रेडियो नेपालबीच सम्झौता भएको छ । समितिले तयार पारेको बीमा सम्बन्धी जनचेतनामूलक सामग्री तथा सन्देशहरू रेडियो नेपालको अनलाइन पोर्टलमा नियमित रूपमा प्रकाशन गरिने सम्बन्धी समिति र रेडियोबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा बीमा समितिका निर्देशक कमलप्रसाद रेग्मी र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सचेतना कार्यक्रमलाई प्राथमिकताका साथ देशव्यापी रूपमा सञ्चालन गर्न जोड दिए अनुसार अनलाइन सञ्चार माध्यमबाट समेत बीमासम्बन्धी चेतनामूलक सामग्रीहरूको प्रकाशन सुरु गर्न लागिएको बताएका छन् ।

त्यसैगरी सरकारको सोही लक्ष्यलाई ध्यानमा राखी बीमाको पहुँच बढाउँदै देशका विभिन्न भागमा बसोबास गर्ने विपन्न, न्यून आय भएका तथा जोखिमयुक्त वर्गलाई समेत बीमाको दायरामा ल्याउन प्रतिबद्ध रहेको समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS