IME Life New

बीमा समितिले कम्पनीको शाखा कार्यालयको आउटलुक सम्बन्धी मापदण्ड बनाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको शाखा कार्यालय खोल्दा आवश्यक पर्ने भौतिक पुर्वाधारका लागि छुट्टै मापदण्ड बनाउने भएको छ । कम्पनीहरुले न्युनतम पूर्वाधार विनानै शाखा कार्यालय खोल्न थाले पछि बीमा समितिले यसका लागी छुटै मापदण्ड बनाउन लागेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

उनले भने ‘बीमा कम्पनीहरुले विस्वास बेच्ने हो । एउटा कागज देखाएर बीमितहरु सँग कम्पनीहरुले करोडौ रुपैयाँ लिएका हुन्छन् । मानिसहरुको विस्वास जित्नका लागि पनि कार्यालयहरु राम्रो हुनु पर्छ ।’ बीमाको पहुँच बढाउन कम्पनीहरुले मागे जति शाखा कार्यालय खोल्न अनुमति दिने गरेको तर कार्यालयको लागि आवस्यक पर्ने न्युनतम पूर्वाधार नहुने गरेको उनले बताए ।

Esewa
Crest

यदि यस्तै अवस्थामा रहिरहने हो भने बीमा कम्पनीलाई मानिसहरुले पत्याउदैनन्  । मानिसको विश्वास जित्न पनि कार्यालयको बाहिरी आवरण पनि राम्रो हुनु पर्छ ।

बीमा समितिले पनि छिट्टै शाखा कार्यालयका लागि आवस्यक पुर्वाधारको मापदण्ड बनाउछौ । बीमाको पहुँच बढाउन शाखा विस्तार गर्न दियो तर न्युनतम पूर्वाधार पनि नजुटाइ कार्यालय खोल्ने गरेको पाइएको छ । उनले थपे ‘अधिकांस  बैंक र बीमा कम्पनीको शाखा नजिक नजिकै हुन्छन् । बैंकहरुको शाखा कार्यालय हेर्यो भने एकदमै आकर्षक देखिन्छ तर हाम्रा बीमा कम्पनीको शाखा कार्यालय हेर्यो भने केहि न कामको   झुस्स परेका हुन्छन् ।’

नेपाल धितोपत्र बोर्डले सामान्य एउटा ब्रोकर कार्यालय स्थापनाका लागि पनि आवस्यक भौतिक पूर्वाधारको लागि मापदण्ड तोकिदिएको छ तर समितिले यसका लागि कुनै पनि मापदण्ड नबनाउदा यस्तो अवस्था आएको हो ।

बीमा समितिको निरिक्षण टोलिले उपत्यका भन्दा बाहिरका शाखा कार्यालयमा निरिक्षण गर्दा कम्प्युटरका लागि आवस्यक पर्ने व्याकअप समेत नभएको भेट्टाएको थियो । यस्तो अवस्थामा यहि विजुली गयो भने दुई तीन दिनसम्म पनि पोलिसी काट्न नसक्ने अवस्था रहेको पाइएको छ ।

उपत्यका भित्रकै कतिपय शाखा कार्यालयमा घाम पनि छिर्दैन । भाडा धेरै तिर्नु पर्ने भन्दै बीमा कम्पनीहरुले भित्रि भागका घरहरुलाई रोज्ने गरेका छन् । अभिकर्ताका लागि करौडौ रुपैयाँ खर्चिने बीमा कम्पनीहरुले शाखा कार्यालयको सामान्य पुर्वाधारमा पनि ध्यान दिन सकेका छैनन् । खर्चमा मितव्ययी बन्ने बहानामा शाखा कार्यालयमै खर्च कटौती गर्नु कति जायज ? अभिकर्ताले कार्यालयमा आएर पानि समेत खान नपाउने सजिलै बस्न पनि नपाउने अवस्थालाई पनि व्यवस्थापन गर्नु पर्ने हुन्छ । भव्य शहरका विचमा खोलेका शाखा कार्यालयले समेत प्लाष्टिकका कुर्सी राखेका हुन्छन् । तर नजिकैको बैंकको शाखा कार्यालयमा गयो भने छुट्टै वातावरण हुन्छ । त्यसैले पनि समितिले समय सापेक्ष शाखा कार्यालयको आउटलुकका मापदण्ड बनाउनु  पर्ने अवस्था सिर्जना भएको हो ।

यो पनि पढ्नुहोस्

बैंकको जस्तै बीमा कम्पनीको शाखा कार्यालयको ‘आउट लुक’ किन आकर्षक हुँदैन ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS