IME Life

बैंकको जस्तै बीमा कम्पनीको शाखा कार्यालयको ‘आउट लुक’ किन आकर्षक हुँदैन ?

SPIL
NIC ASIA

काठमाडौं । ‘बीमा कम्पनीको शाखा कार्यालय हेर्ने हो भने असाध्यै कुरुप देखिन्छन् ।’ यो बीमा समितिका निर्देशक दिनेशलाल कर्णले तराईका जिल्लामा रहेका बीमा कम्पनीहरुको शाखा कार्यालय निरिक्षण गर्ने क्रममा देखेको दृश्य हो । उनले देखेको यो दृश्य तराईका जिल्लामा मात्रै होइन काठमाडौंमा रहेका कतिपय शाखा कार्यालयमा पनि त्यस्तै छ ।

अनुगमनका क्रममा एक बीमा कम्पनीका कर्मचारीले कर्णलाई भने ‘बैंकहरुका शाखा कार्यालयहरु चिटिक्क परेका हुन्छन् तर बीमा कम्पनीहरुको आउट लुक एकदमै खत्तम हुन्छ । हाम्रो आउटलुक नै नराम्रो भए पछि बीमितले हामीलाई कसरी विश्वास गर्छन् ?’

Prabhu
Crest

कतिपय बीमा कम्पनीहरुमा कम्प्युटरको व्याकअप समेत छैन । यदि विद्युत गयो भने पोलिसी काट्ने काम नै बन्द हुन्छ । साथै बीमितले पाउने सेवा सुविधा नै पुर्ण रुपमा बन्द गर्नु पर्ने अवस्था छ । एउटा शाखा कार्यालयमा जम्मा दुई जना कर्मचारी राखिएको हुन्छ । उनिहरुलाई दिइएको कम्प्युटर र प्रिन्टर समेत राम्रो सँग चल्न सक्ने अवस्थामा हुँदैनन् ।

बीमा कम्पनीहरुले शाखा कार्यालयमा धेरै ध्यान नदिदा यस्तो अवस्था सिर्जना भएको हो । धेरै भाडा तिर्नु पर्ने भन्दै कतिपय बीमा कम्पनीले प्राइम लोकेसन भन्दा भित्र पट्टि शाखा कार्यालय खोल्ने गरेका छन् । त्यसमा पनि एक दुई वटा मात्रै कोठा ।

कतिपय शाखा कार्यालय त भित्र पस्तै डर लाग्ने खालका हुन्छन् । अध्यारो कोठा, बीमितहरु जानै डराउनेसम्मका कार्यालय हुने गरेको पाइन्छ । त्यसमा पनि दुई चार जना अभिकर्ता कार्यालयमा आए भने बस्ने ठाउँ हुँदैन । तर नजिककै बैंकका शाखा कार्यालयमा गयो भने आकर्षक हुन्छन् । सिसाले मोरिएको हुन्छ । आकर्षिक देखिने फर्निचरको प्रयोग गरिएको हुन्छ । कर्मचारीहरु टाइसुट लगाएर बसेका हुन्छन् । तर बीमा कम्पनीमा गयो भने को कर्मचारी को बीमित को अभिकर्ता छुट्टाउन सकिदैन । प्राय कम्पनीका कर्मचारीहरुलाई पोशाक समेत उपलब्ध गराइएको हुँदैन ।

किन बीमा कम्पनीहले शाखा कार्यालयको आउट लुकलाई ध्यान दिदैनन् ?

बैंकको जस्तो बीमाको काम गर्न सजिलो हुँदैन । बीमा व्यवसाय आकर्षक शाखा कार्यालय भन्दा पनि अभिकर्ताको नेटवर्क तथा टिम नभइ सम्भव हुँदैन । व्यवसाय गर्ने एउटा राम्रो टिम नभइ शाखा कार्यालका लागि मात्रै खर्च गर्दा फस्न सक्ने भन्दै कम्पनीहरु हच्किने गरेको उनिहरु बताउछन् । एक प्रमुख कार्यकारी अधिकृतले भने ‘कतिपय शाखामा दुई जना कर्मचारीलाई समेत काम पुग्दैन अनि कसरी शाखा कार्यालयको लागि धेरै खर्च गर्ने ।’

प्रायः बीमा कम्पनीहरुले शाखा तथा उप-शाखालाई सम्पर्क कार्यालयको रुपमा मात्रै हेर्ने गरेकाले पनि यस्तो समस्या आएको हो । जीवन बीमा व्यवसाय कर्मचारीले भन्दा पनि एजेन्सी फोर्सले सञ्चालन हुन्छ । बीमा व्यवसाय ‘होम सर्भिस’ मार्फत सञ्चालन हुने भएकाले कम्पनीहरुले शाखा कार्यालयका लागि भन्दा अभिकर्ताको लागि ठुलो रकम खर्चिने गरेका छन् । बीमित सँग लिएको ठुलो रकम अभिकर्ताको कमिसन र इन्सेन्टिभमा खर्च हुने भएकाले उनिहरुले शाखा कार्यालयमा धेरै खर्च गर्न रुचाउदैनन् ।

बीमा कम्पनीहरु अहिले पनि पुरानै ढर्चामा सञ्चालन हुन खोज्दा यस्तो समस्या शिर्जना भएको बीमा विज्ञ विवेक झा बताउछन् । उनले भने ‘हिजोका दिनमा जुन ढर्राबाट कार्यालयहरु सञ्चालन भैइरहेको थियो अहिले पनि बीमा कम्पनीका सञ्चालकको सोच त्यहि छ । हरेक वर्ष जीवन बीमा व्यवसाय बढिरहेको छ । नविकरण बीमा शुल्क भन्दा प्रथम बीमा शुल्कको वृद्धिदर उच्च छ । यसो भन्नुको मतलब बीमा कम्पनीहरुको दिर्घकालिन दायित्व हरेक वर्ष थपिइरहेको छ ।’  त्यसैले गर्दा बीमा कम्पनीहरुको शाखा कार्यालय बैंककै जस्तो आउट लुक नभए पनि समय सापेक्ष रुपमा सुधार गर्नु पर्ने उनको धारणा छ ।

बैंकिङ क्षेत्र भन्दा बीमा दुई दशक पछाडि छ । बैंक जसरी आजका दिनमा परिपक्व छ त्यस हिसावले बीमा क्षेत्र अझै बन्ने क्रममा छ । त्यसमा पनि बैंकहरु स्थापित चरणमै अलि तडक भडकका साथ आए । जसले गर्दा उनिहरुले आउटलुकमा सबैभन्दा धेरै ध्यान दिए । बैंकिङ कार्य केवल कार्यालयमा मात्रै हुने भएकाले पनि उनिहरुले आउटलुकलाई ध्यान दिएको झाको तर्क छ ।

अवका दिनमा बीमा कम्पनीका शाखा कार्यालयहरु पनि प्रिजेन्टेवल हुँदै जानु पर्ने झा बताउछन् । कार्यालयहरु कम्तिमा पनि सफा सुघर देखिनु पर्छ । आकर्षक फर्निचरको प्रयोग गर्नु पर्छ तालिक बीमित तथा कर्मचारीहरु पनि आफु कार्यालयमा आएको अनुभुति हुनु पर्यो । बीमित आफ्नो कम्पनीमा आउदै गर्दा आकर्षक देखिनु पर्छ ताकि आफुले बीमा गरेको कम्पनी प्रति विस्वास जागोस ।

तर प्रिजेन्टेवल बनाउने नाममा अनावस्यक खर्च भने गर्न नहुने झाको तर्क छ । उनले भने ‘बीमा व्यवसाय शाखा कार्यालयका कारण भन्दा पनि एजेन्सी फोर्सबाट सञ्चालन हुने भएकाले एउटै शाखा कार्यालय खोल्न ४०/५० लाख खर्च गर्ने कुरा हुँदैन । बैंककै जस्तो नदेखिए पनि कार्यालयका लागि आवस्यक पर्ने न्युनतम मापदण्ड भने प्रयोग गर्नु पर्छ ।’

कतिपय शाखा कार्यालयले ५/१० वर्षदेखि एउटै बोर्ड प्रयोग गरेका छन् । घाम पानीले बोर्ड नबुझिने हुँदासम्म पनि फेर्न सकेका हुँदैनन् । कतिपय अवस्थामा कम्पनीको केन्द्रिय कार्यालय र शाखा कार्यालय विचमा राम्रो सँग समन्वय नहुँदा पनि यस्ता कुरामा चुक्ने गरेको पाइन्छ ।

बैंकले एउटा शाखा कार्यालय खोल्दा कम्तिमा पनि ५० लाख देखि एक करोड रुपैयाँ खर्च गर्छन् । तर बीमा कम्पनीहरुले एउटा शाखा कार्यालय खोल्दा सानो उपशाखा ४/५ लाख र शाखा ८/१० लाख रुपैयाँमै खोल्ने गरेका छन् । सम्पुर्ण कम्पनीहरुमा यहि कन्सेप्ट हाबी हुँदा बीमा कम्पनीहरुले कहिले पनि शाखा कार्यलाय खोल्ने विषयमा ध्यान दिएनन् ।

कम्पनीहरुको पनि आफ्नै बाध्यता छ । कम्पनी खोल्ने वित्तीकै केहि कम्पनीहरु आक्रमक रुपमा शाखा विस्तारमा लागे । एकै पटक एक सय वटा भन्दा धेरै शाखा कार्यालय खोल्दा ठुलो खर्च हुने भए पछि उनिहरुले अत्यावस्यक पर्ने फर्निचर, कम्प्युटर र प्रिन्टर मात्रै राखेर सञ्चालन गरेका छन् ।

नेपालमा बीमा व्यवसाय विस्तार सुधार हुने क्रममा छ । त्यसैले गर्दा कम्पनीहरुले आफ्नो आउटलुकमा पनि विस्तारै ध्यान पुर्याउनु पर्ने देखिन्छ । बीमित तथा अभिकर्ता बीमा कम्पनीमा पुग्दा पानि पनि खान नपाउने अवस्थालाई सुधार गर्दै विस्तारै व्यवसायिक बनाउनु पर्ने विज्ञहरु बताउछन् । कम्पनीको आउट लुकले पनि कम्पनीको प्रमोसन तथा प्रवर्द्धन गरिरहेको हुन्छ । दुई चार लाख बढि खर्च गर्दा त्यसले बीमितमा दिने सन्देशमा पनि धेरै फरक पर्न जान्छ ।

यस्ता कुरामा पनि बीमा समितिको ध्यान पुग्नु पर्ने देखिन्छ । अहिले निरिक्षणका क्रममा देखिएका कुरालाई सुधार गर्न सकियो भने त्यसले सार्थकता पाउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS