IME Life New

बीमा समितिले आज सम्पुर्ण बीमा कम्पनीको सुपरिवेक्षण गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आज सम्पुर्ण बीमा कम्पनीहरुको सुपरिवेक्षण गर्ने भएको छ । दुईदेखि तीन जनाको टोलि बनाएर सुपरिवेक्षणमा पठाउने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले हिजो राति १२ बजे पछि सफ्टवेयर लक गरे नसकेको हेर्नेछ ।

स्थलगत निरिक्षणका क्रममा समितिका प्रतिनिधिहरुले हिजो राति १२ बजेसम्म जारी भएका पोलिसीको विवरण हेर्नेछ । सो अवधिमा कम्पनीले जारी गरेका पोलिसीको विवरणका अतिरिक्त व्याक डेटमा पोलिसी जारी भए नभएको विषयमा पनि हेर्नेछ । समितिले यसै वर्षदेखि एपिआई मार्फत सम्पुर्ण कम्पनीको निरिक्षण गर्ने योजना भने पुरा हुन सकेन । समितिले प्रयाप्त योजना नै नबनाइ छोटो समय भित्रै एपिआई मार्फत जोडिन निर्देशन दिदा सफल हुन नसकेको हो ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुले हिजो राति १२ बजेसम्म पनि पोलिसी एप्रुभ गरेर बसेका थिए । हिजो र अस्ति शुक्रवार तथा शनिवार दुबै दिन रातारात काम गरेका बीमा कम्पनीहरुले यस वर्ष सकसपुर्ण रुपमा काम गरे । एकातिर टार्गेट पुरा गर्नु पर्ने दवाव अर्को तर्फ तरलता अभावले कम्पनीहरुलाई सार्ह्रै नै अफ्ठ्यारोमा पार्यो ।

यस वर्ष बीमा समितिले पुरानो मितिमा बीमालेख जारी गर्न नपाउने प्रावधान कडाईका साथ लागू गर्ने चेतावनी दिएकाले चालू आर्थिक वर्षको अन्तिम दिन आज शनिबार समेत देशैभर जीवन बीमा कम्पनीको कार्यालयहरु खुल्ला रहेका छन् ।

गत वर्षसम्म पनि जीवन तथा निर्जीवन बीमा, दुबै खाले कम्पनीले पुरानो मितिमा बीमालेख जारी गर्ने र पुरानै मितिमा बीमाशुल्क आम्दानी देखाउने प्रवृत्ति रहँदै आएको थियो । पुरानो मितिमा बीमालेख जारी गर्दा वास्तविक समयमा बीमाशुल्क आम्दानी नै नभई बीमा कम्पनीले दायीत्व स्वीकार्ने हुँदा जोखिम उच्च भएको र वित्तीय पारदर्शिता कायम हुन नसकेको भन्दै बीमा समितिले रोक लगाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरु खुल्ला रहेका कारण जीवन बीमा कम्पनीहरुको लागी सहज भएको छ। चालू आ।व।को कारोबारमा प्रगति गर्न थप एक दिन बोनश स्वरुप पाएका छन् । बीमा कम्पनीका अभिकर्ता तथा कर्मचारीहरु बिहानैबाट नयाँ बीमालेख जारी गर्ने काममा खटिएका छन् । नगद काउण्टर समेत खुल्ला भएपनि नविकरण बीमाशुल्क भुक्तानी गर्न आउने वा बीमालेख कर्जा लिन आउने बीमितको भिडभाड बिल्कुलै देखिएको छैन ।

चालू आर्थिक वर्षमा जेठमसान्तसम्मको व्यापारको आँकडाको आधारमा विश्लेषण गर्दा जीवन बीमाकम्पनीको प्रथम बीमाशुल्क आम्दानीको वृद्धि दर १० देखि १५ प्रतिशतको हारहारी रहने अनुमान गरिएको छ । वित्तीय तरलताको अभावका कारण यसपटको वृद्धिदर पोहोरको जस्तो सहजरुपमा हासिल भएको होइन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS