IME Life New

बीमा समितिमा विभिन्न पदका लागि विज्ञापन खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले विभिन्न पदका लागि खुल्ला समावेशी तथा आन्तरिक प्रतियोगितात्मक माध्यम बाट पदपूर्ति गर्ने गरि कर्मचारी माग गरेको छ ।
निर्देशक पदका लागि १ जना, उप निर्देशक पदका लागि १ जना, सहायक निर्देशक पदका लागि १ जना आन्तरिक प्रतियोगितात्मक मार्फत छनौट गरिने समितिले जनाएको छ ।

यसैगरि उपनिर्देशक पदमा कानुन अधिकृत पदमा खुल्ला १ जना, चार्टर्ड एकाउण्टेण्ट लेखा अधिकृत पदका लागि खुल्ला १ र महिला १ जनाको लागि समितिले दरखास्त आहवान गरेको छ ।यस्तै प्रशासन तर्फ सहायक निर्देशक पदमा खल्ला २, महिला १, मधेसी १ र दलित १ जनाको लागि विज्ञापन गरेको छ ।

Esewa
Crest

कानून तर्फ सहायक निर्देशक पदका लागि खुल्ला १, महिला १ र दलित १ जना गरी जम्मा ३ जनको लागि विज्ञापन गरेकोे छ ।

सहायक प्रशासन तर्फ खुल्ला १ र दलित १ गरी २ जनको लागि विज्ञापन गरेको छ ।

ईच्छुक एवंम योग्यता पुगेका नेपाली नागरिकहरुले यस समिति बाट निर्धारित फाराममा उल्लिखित विवरणहरु खुलाई यो सुचना प्रकाशित भएको मितिले ३० दिन भित्र बीमा समिति, मानव संशाधन शाखा कुपण्डोल, ललितपुरमा दरखास्त दिने अन्तिम मिति भित्र आई पुग्ने गरि दरखास्त दिई सक्नु पर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS