IME Life New

बीमा समितिमा राजनीतिक घुँघुत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पदम राजअवस्थी

राजनीतिक, सामरिक र आर्थिक दृष्टिले दक्षिण एसियामा नेपाल को स्थान बिशिष्ट रह्यो । यहि विरासत बीमाज्ञको क्षेत्रमा पनि कायम रहन गयो । आज भन्दा २०० वर्ष पहिले नै नेपालमा पार्सेल बीमाको अभ्यास भएको थियो । जहाँ–जहाँ नेपालीका अक्षर पुगे त्यहाँ–त्यहाँ बीमा पनि पुग्यो । बीमाको संस्थागत बिकास भएको पनि ७२ वर्ष पुगिसकेको नेपाल बीमाका लागि दक्षिण एसियाका अन्य भुगोल भन्दा उन्नत भुमि हो । तर, हरेक बिराशतको क्रमभंगतासंगै बीमाको विरासत पनि भंग हुदै गयो र अन्ततः बीमा समिति सधै राजनीतिक चक्रब्युहमा फसी नै रह्यो । अव त बीमा समिति कुनै एक राजनीतिक दलको बौद्धिक संगठन जस्तो भै सकेको छ । राजनीतिक कुस्ति जितेर आउने अध्यक्ष रुपि चरित्र लाई सुधार्ने प्रयास पछिल्लो पटक चर्चामा आउन थालेको छ । तर, स्वर्गबाट ईन्द्रजी नै झरेपनि अध्यक्षलाई बीमा बुझाउनु असम्भव प्राय नै हो किनकि उनले त्यहासम्म पुग्न हरेक राजनीतिक चुनौतीलाई राजनीतिक चुनौतीले नै चिरेका छन । यो अर्थमा उनी ढुंगााको काप फोरेर उम्रने बोट हुन् ।

…………………………….//-//…………………………….

Esewa
Crest

यस्ता सयौं दुर्बलता भएको बीमा समिति पुनर्संरचना पर्खिरहेको छ नकि नेतृत्व परिवर्तन् । फेरि पनि राजनीतिक चालबाजीले पुरानै पद्धती थाति राखेर अनुहारमात्रै नयाँ ल्याउनुको कुनै अर्थ छैन् । अब बीमा समितिले अर्को राजनीतिक प्रहार सहने क्षमता राख्दैन् ।

…………………………….//-//…………………………….

एउटा कटुसत्य के पनि हो भने बीमा समिति अहिले नेतृत्व पाएर पनि नेतृत्व विहिन जस्तै बनेको छ । बीमा कम्पनीको शाखा उद्घघाटन गर्न लाल रिवन छेदन गर्नमा बाहेक अन्य कुनै कार्यमा बीमा समितिको दमदार उपस्थिति देखिएको छैन् । तर, बीमा समिति चल्न नसकेकोमा भन्दापनि बीमा क्षेत्रको अर्को एउटा ग्राण्ड डिजाईन सफल पार्नलाई अध्यक्ष चरित्र सुधारको नाममा यो खेल खेलिएको हो जसरि हिजो बीमा क्षेत्रको पहिलो ग्राण्ड डिजाईन सफल पार्न बहालवाला लाई मुकरर गरिएको थियो ।

विगतमा जस्तै बीमा क्षेत्र आज पनि गोतामा नै छ अर्थात नेपाली बीमा बजारका लागि अहिलेको नेतृत्व रहेपनि घाटा नै छ नयाँ आए पनि घाटा नै । तर, नयाँ चरित्रको नेतृत्वले जुन ग्राण्ड डिजाईन सफल पार्ने छ त्यसले अहिलेको नेतृत्वले ल्याएको संकटको दुई गुणा बढी घाटा पुय्राउने छ । यदि वहालवाला अयोग्य नै हुन भने उनी मनोनयनमै पर्ने बेलामा नै बिरोध गरिनु पथ्र्यो । आफ्नो पहुँच सरकारका मानिसग भयो भन्दैमा वहालवाला अयोग्य कसरि हुन सक्छन् । बीमा बिज्ञताको कुरा गर्ने हो भने न हिजोका बीमा समितिका अध्यक्षहरु बीमा प्रकाण्ड थिए न आजका अध्यक्ष नै । र, यो भोलि सदस्यता भएकाहरु पनि अध्यक्ष बन्ने बेलामा बिज्ञता भएकाहरु घरमा ब्रेकिङ्ग न्युज हेरेर थाहा पाउनेछन् ।

बीमा समितिले चल्न नसक्नुको पछाडी वहालवाला मा रहेको दम्भले नै प्राथमिक भुमिका खेलेको छ । अध्यक्षका दर्जनौं आकांक्षीलाई पछि पार्दै त्यहासम्म पुगेकाले उनमा त्यो दम्भ हुनु स्वभाविक होला । उनी बीमा समितिको अध्यक्ष बनिसकेपछि हिन्दुकुश ईन्स्योरेन्सको बारेमा जानकारी गराउन खोज्दा उनले समय नै दिन मानेन तर धेरै अनुरोध गरिसकेपछि उनले समय दिए । भेटका क्रममा उनले बीमा कार्यक्रम बीमा कम्पनीबाट मात्रै सञ्चालन गरिने, वित्तिय साक्षरता सम्बन्धि देशव्यापी लहर सिर्जना गर्ने, ग्रार्हस्थ बीमालाई अनिवार्य पार्न पहल गर्नेलगायतका कार्यक्रम समितिले तयार पारेको भनेका थिए । उनलाई भेटेपछि आज तेस्रो बसन्तलाई स्वागत गर्दैछु तर उल्लेखित कार्यक्रम सञ्चालन गर्न सिन्कोसम्म भाँचिएको छैन् । यो अवस्था देख्दा उनलाई फेरि त्यही प्रश्न गर्न मन छ कि बीमा कम्पनीहरुबाट उठाईदै आएको करोड–करोड शुल्क कहाँ जान्छ ? के बीमा समितिका पदाधिकारिले भोग चलन गर्नलाई नै सेवाशुल्क लिने गरिएको हो ?

वहालवालाको दोस्रो कमजोरी बीमक संघको मतियार बनेर सामाजिक स्वास्थ्य बीमाको बिरुद्धमा जानु हो । पहिलो कुरा के थाहा पाउनुपर्छ भने सामाजिक बीमा कार्यक्रमहरु र नीजि कम्पनीहरुबाट सञ्चालन गरिने कार्यक्रमहरु नितान्त फरक हुन् । सामाजिक बीमा प्रिन्सिपल अफ सोलिडाएरिटीबाट सञ्चलान गरिएका हुन्छन भने कमर्सियल बीमा कार्यक्रमहरु प्रिन्सिपल अफ सफिसियन्सिबाट सञ्चालन गरिएका हुन्छन् ।

…………………………….//-//…………………………….

वहालवालको तेस्रो कमजोरी उनले स्वविवेकले काम गर्न सकेका छैन् । उनी सम्पूर्ण कार्यका लागि बीमा समितिका बीमा बिज्ञमा निर्भर छन् । समितिका बीमा बिज्ञ नेपालका लागि मात्रै नभएर बिकासोन्मुख सम्पुर्ण राष्ट्रहरुको लागि बीमा बिज्ञ बन्न योग्य ब्यक्ति हुन् । उनीसँग बीमाको ईतिहास जीवित छ ।

…………………………….//-//…………………………….

यति कुरा थाहा हुदा हुदै सामाजिक स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा समितिको मातहत ल्याउने चेष्टा गर्न खोज्नु लज्जाको विषय हो । बीमा बजारका बादशाहहरु, क्षेत्रीयहरु र पाण्डेजनहरु स्वास्थ्य बीमा अनिवार्य गरियोस, बीमा शुल्कमा सरकारी अनुदान प्रदान गरियोस्, र सम्पुर्ण नेपाली जनताको स्वास्थ्य बीमालेख बितरण गर्ने जिम्मा आफुलाई दिईयोस् भन्ने ठान्दछन् र पो सो कुरा बीमा समितिका अध्यक्षलाई बिभिन्न फोरमहरुमा राख्न प्रेरित गर्छन् । यो गरेवापत उनीहरुलाई त आए आँप गए झटारो हो तर, बीमा समितिका अध्यक्षप्रति भोलिका दिनमा इतिहासले गर्ने मुल्यांकनले उनलाई पछिसम्म घोच्ने छ भन्ने कुराको हेक्का राख्न अध्यक्ष विर्सिएका छन् ।

वहालवालको तेस्रो कमजोरी उनले स्वविवेकले काम गर्न सकेका छैन् । उनी सम्पूर्ण कार्यका लागि बीमा समितिका बीमा बिज्ञमा निर्भर छन् । समितिका बीमा बिज्ञ नेपालका लागि मात्रै नभएर बिकासोन्मुख सम्पुर्ण राष्ट्रहरुको लागि बीमा बिज्ञ बन्न योग्य ब्यक्ति हुन् । उनीसँग बीमाको ईतिहास जीवित छ । तर धेरै वर्ष बीमा समितिमा रहदा पनि खासै ईन्नोटिभ नीतिगत ब्यबस्था गर्न पहल नगर्नुले के कुरा स्पष्ट हुन्छ भने उनले स्वच्छन्द रुपले बिज्ञताको उपयोग गरी रहेका छैनन् । नेपथ्यबाट उनलाई ठुलो दवाव निरन्तर आईरहेको छ । सामाजिक बीमाको बारेमा उनलाई जति नेपालमा अरु कसलाई थाहा छ र ? तर पनि उनी यो कार्यक्रम लत्याएरै छोड्ने भन्दै आफुपनि लागेका छन् र अरु पदाधिकारिलाई पनि त्यहि गर्न सुझाउछन् । बीमा बिज्ञ र अध्यक्ष फरक ओहोदा हुन् । कुनै नयाँ कार्यक्रम ल्याउदा त्यसका प्राविधिक पक्षको अध्ययन गर्न बिज्ञ चाहिने हो । अरु सबै प्रयासहरु अध्यक्षले आफुले राखेको दुरदृष्टि अनुसार काम गर्ने हो ।

वहालवालाको चौथो ठुलो कमजोरी नेपाली बीमा बजारलाई विश्व बजारसँग तुलना गर्न नस्कनु हो । नेपाली बजारको प्रमुख समस्या नो ईन्स्योरेन्स र अण्डर ईन्स्योरेन्सको हो । अधिकाँश जनधनको बीमा नै गरिएको छैन । यहि कारणले गर्दा हरेक प्राकृतिक प्रकोप, दैव दशा र महामारीले प्रत्येक वर्ष सयौं नेपालीलाई गरिबीतिर धकेल्दै आएको छ । यो असुरक्षित जनधनको बीमा गर्ने कार्यक्रमको लागि शुन्य प्रयास गर्नु उनको ठुलो कमजोरी हो । त्यस्तै, बीमा गरिएको जनधनको पनि पुर्ण बीमा गरिएको छैन् । घरको भुईतल्लाको बीमा गरिएको हुन्छ (बैंकले ऋण दिएसम्म) तर दोस्रो तल्लामाथि क्षती भएमा आफैंले ब्यहोर्नुपर्दछ । गाडीको तेस्रो पक्ष बीमा गरिएको हुन्छ तर गाडीको र गाडीभित्रको ड्राईभरको बीमा नै गरिएको हुदैन् । हो, यो दुरावस्थाको अन्त्य गर्न दिर्घकालीन रणनीतिक योजना तर्जुमा समेत गर्न पहल नगर्नु उनको कमजोरी हो ।

…………………………….//-//…………………………….

खुला बजार ब्यवस्थामा नियामक निकायले नियन्त्रण गर्ने उपकरण नैतिक दवाव (मोरल सुयसन) हो । तर, कतिपय विश्लेष्कहरु आफै नैतिक बन्धनबाट उम्किएको बीमा समितिले कम्पनीहरुलाई नैतिक दवाव दिन नस्कने तर्क पनि गर्छन् । 

…………………………….//-//…………………………….

सरकारले बाध्यकारी बनाईएका बीमा कार्यक्रमका बीमालेख बेचेर चलेका निर्जिवन बीमा कम्पनी र बैदेशिक व्यापारमा जाने नेपाली श्रमीकको म्यादी जीवन बीमालेख बेचेर अस्तित्व जोगाईरहेका जीवन बीमा कम्पनीलाई झट्का दिने नीति तथा कार्यक्रमहरु ल्याउनुको सट्टा उनै कम्पनीहरुसँग नजिक हुनु खोज्ने बीमा समितिका अधिकारीहरुबाट के कुराको आशा गर्ने ? खुला बजार ब्यवस्थामा नियामक निकायले नियन्त्रण गर्ने उपकरण नैतिक दवाव (मोरल सुयसन) हो । तर, कतिपय विश्लेष्कहरु आफै नैतिक बन्धनबाट उम्किएको बीमा समितिले कम्पनीहरुलाई नैतिक दवाव दिन नस्कने तर्क पनि गर्छन् ।

नेपाल भौगोलीक हिसावले एकदमै जोखिममा रहेको राष्ट्र त छदै थियो अव त झन भौगोलिक हिसावले जोखिममा नरहेका स्थानहरुमा पनि मानवजति प्रकोपले प्रलयको बाटो देखाउदै छ । बाढी पहिरोको कुनै सम्भावना नै नरहेको तर अव्यवस्थित शहरिकरणले भक्तपुर जलाम्य बन्छ । ग्रामिण सडक विस्तारका नाममा भएको बेथितिले कति जनताको उठिबास भएको छ ।

अति कम बिकसित मुलुकहरुको नेतृत्व गर्ने क्षमता नेपालले राख्ने भएकै कारणले पेरिस सम्झौतापछि बैकल्पिक बीमा कार्यक्रमहरु सञ्चालन गर्ने अवसरहरु नेपाललाई उपलब्ध हुदै आएको भएपनि समितिको सुस्तताको कारण यी अवसरहरु पनि हात पर्न सकेका छैन् । यस्ता सयौं दुर्बलता भएको बीमा समिति पुनर्संरचना पर्खिरहेको छ नकि नेतृत्व परिवर्तन् । फेरि पनि राजनीतिक चालबाजीले पुरानै पद्धती थाति राखेर अनुहारमात्रै नयाँ ल्याउनुको कुनै अर्थ छैन् । अब बीमा समितिले अर्को राजनीतिक प्रहार सहने क्षमता राख्दैन् । तसर्थ, एकपटक नेपालले भोगिरहेका र भोग्नुपर्ने जोखिमको चिन्ता लिदै र सो को चिन्तन् गर्दै भन्न सकौं ‘हामी कोही बीमा क्षेत्रमा रहौंला या नरहौला तर बीमा समिति जुग जुगान्तर रहनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS